Hi-Speed Computer

Awareness Campaign

तिहार भित्रिएसंगै झिनियाँ रोटीको कारोबारले विष्णुमतीलाई भ्याई नभ्याई



सागर भण्डारी
७ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सारकी विष्णुमती श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनलाई भ्याईनभ्याई नै छ।

तिहार सुरु भएसंगै उहाँको घरमै पुगेर अहिले व्यापारी र स्थानीयहरुले झिनियाँ रोटी खरिद गरिरहेका छन् । नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा उहाँसंगै उहाँको परिवारले झण्डै ४० वर्षदेखि झिनियाँ बनाएर बेच्दै आउनुभएको छ । हाल बिष्णुमती आफुसंगै ४ जना कामदार समेत झिनिया उत्पादनमा खटिएका छन् ।

“हुन त वर्षैभरी म झिनियाँ रोटी बनाउँछु, भदौ देखि यता भने माग नै पुर्याउन सकिरहेको छैन”, उहाँले भन्नुभयो । उहाँको झिनियाँ रोटी उत्पादन गर्ने र बिक्री गर्ने मुख्य व्यवसाय नै हो । श्रेष्ठकी आमा समेत यस क्षेत्रमा कहलिएकी झिनियाँ व्यापारी हुनुहुन्छ ।

Forest
Forest
Ad.

विशेष गरी दसैँ तिहार लक्षित गरेर उहाँले उत्पादन गर्दै आउनुभएको छ । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दसैँ तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व आउनु एक/दुई महिनाअघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको उहाँ बताउनुहुन्छ ।

श्रेष्ठले सिजनमा दैनिक २ सय ५० दर्जन भन्दा बढी झिनियाँ उत्पादन गर्ने गरेको बताउनुहुन्छ । “ठ्याक्कै यति भन्ने त छैन, मोटामोटी ढाईसय भन्दा बढी दर्जन उत्पादन हुन्छ, उहाँले भन्नुभयो ।” वार्षिक रुपमा झिनियाँ बेचेरै उहाँले ८ देखि १० लाख सम्म आम्दानी गरेको बताउनुभयो । उत्पादन गर्न सकेमा बजारको भने आफुलाई समस्या नरहेको उहाँका भनाई छ।

श्रेष्ठले उत्पादन गरेको झिनियाँ रोटी गुल्मीसंगै छिमेकी जिल्ला बागलुङ, अर्घाखाँची, रुपन्देहीसम्म निर्यात हुने गरेको छ । व्यापारीले आफैले सम्पर्क गरेर अर्डर गर्ने गरेको उहाँले बताउनुभयो ।

वामीटक्सारमा रहेका अन्य नेवार समुदायका व्यक्तिहरु पनि झिनियाँ कारोबारमा लागिरहेका छन् । बजार क्षेत्रमा यतिबेला तिहारको अवसरमा उत्पादन गरिएको झिनियाँ रोटीले रंगीन बनेको छ । हाल खुद्रा मूल्य रु एक सय २० रुपैयाँ र थोक मूल्य रु १०० मा धमाधम घरबाटै बिक्री भइरहेको छ । यहाँको झिनिया गुणस्तरीय, लामो समयसम्म राख्दा पनि नबिग्रने, खाँदा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा-टाढाबाट आएर लैजाने गर्छन् ।

Awareness by SKF

महिलाका लागि यो व्यवसाय आयआर्जनको बलियो माध्यमको रूपमा रहेको विष्णुमतीको अनुभव छ । यस व्यवसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उहाँले बताउनुभयो।

दुई दिनको पूरा घाममा सुकाइएको झिनिया खानयोग्य हुन्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे सङ्क्रान्ति, तीज पर्वलगायतका विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियालाई लिने गरिन्छ। -पुष्पाञ्जली एफएम

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो