Clean Water Campaign

Awareness Campaign

नेकपा एमाले मुसिकोटमा अध्यक्षमा काफ्ले र इस्मामा भण्डारी सर्वसम्मत



प्रेम सुनार
९ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: नेकपा एमाले गुल्मीको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ। मुसिकोटको दोश्रो अधिवेशनले पुन: नगर कमिटी अध्यक्षमा प्रकाश काफ्लेलाई सर्वसम्मत निर्वाचित गरेको छ।

त्यस्तै अधिवेशनले उपाध्यक्षमा पुस्तक छन्तेल, सचिवमा रामकृष्ण कंडेल, उपसचिव भागिरथ खरेल, सावित्रा विष्ट घिमिरेलाई पनि सर्वसम्मत निर्वाचित गरेको छ। यि पदाधिकारी सहित ६३ सदस्यीय मुसिकोट नगर कमिटी गठन भएको आयोजकले जनाएको छ।

यसै बिच नेकपा एमाले इस्मा गाउँ कमिटीको दोश्रो अधिवेशनले कलानिधि भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्म निर्वाचित गरेको छ।

Forest
Forest
Ad.

त्यस्तै उपाध्यक्षमा राम बहादुर विष्ट, सचिवमा नारायण कुवँर, उपसचिव हिरा बहादुर जि सी र महिलाबाट

उपसचिवमा कल्पना अधिकारीलाई पनि सर्वसम्मत चयन गरेको छ।

पदाधिकारी सहित ४९ सदस्यीय इस्मा गाउँ कमिटी गठन भएको युवा नेता नविन अर्यालले जानकारी दिए। ठाडुङ्गामा सम्पन्न अधिवेशनको नेकमा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकरका कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गरेका थिए।

यस अघिको अधिवेशनमा इस्मामा अध्यक्ष, सचिव र उपसचिव पदमा निर्वाचन नै गराउनु परेको थियो।

Awareness by SKF

अध्यक्षमा पुराना नेता विन बहादुर गौतम र अर्का पुराना नेता नारायण पैयानी र युवा नेता राजेन्द्र विक्रम कुँवर बिच कडा टक्कर परेको थियो। ति दुवै पुराना नेताहरूलाई पछाडि पार्दै युवा नेता कुँवर अध्यक्षमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →