Awareness

Get Vaccinated

बहुप्रतिक्षित गीत ‘ठुलाखर्क प्यारो गाउँ’ सार्वजनिक



ओझेलका खबर संवाददाता
७ दिन अगाडि


       

Place for ads

गुल्मी: पराइभूमीमा बसेर कल्पना गर्दा गाउँ पखेराले, खोला झरनाले हामिलाई के भनेका होलान्! हो ‘बिर्सेऊ क्यारे परदेशी गाउँका मन छेउका झरना’ यहि होइन त! यस एल्बमको प्रमुख पाटो नै यहि रहेको छ।

मुसिकोट नगरपालिका, ठूलाखर्कमा जन्मेर हाल सिंगापुरमा बस्ने सर्जक खिमानन्द खरेल र कोरियामा बस्ने साहित्यकार हेमनाथ खरालको संयुक्त सिर्जनामा रहेको यो गीती एल्बमले केवल उहाँहरुको आफ्नो जन्म गाउँलाई सम्बोधन मात्र गरेको छैन समग्र नेपाली गाउँघरको आजको वास्तविकतालाई उजागर गरेको छ।

जुन आँगनमा हामी हुर्कियो, जुन पँधेरोको पानी पिएर बालोकाल बिताइयो। जुन झरना वन खोँचहरुका सुस्साहट सुनेर गुनगुनाउदै हिँडियो, संसारको जुनकुनै सुखसयलमा पुगेता पनि के सम्भव छ र जन्मभुमी बिर्सिन?

जुन माटोले डाक्टर, इन्जिनियर, वकिल, साहित्यकारहरु जन्मायो, त्यहिँको बारी बाँझै र दोबाटोहरु सुनसान छन् भन्ने थाहा पाएपछि कुन मन रुँदैन होला र! गीतले वास्तविकता बोलेरै धेरैको परेली भिजाउनेमा विश्वस्त हुन सकिन्छ।

कोकिलकण्ठी स्वरकी गायिका सुनिता बुढा क्षेत्री र जादुमयी स्वरका मृदुल गायक रामचन्द्र चन्दको आवाजमा रहेको यस गीतको शब्द रचना हेमनाथ खराल र संगीत संय खिमानन्द खरेलको रहेको छ। अझ गज्जबको कुरा के छ भने क्यानडा देखि विद्वान साहित्यकार रोमकान्त सापकोटाले यो गीतलाई पुरै अंग्रेजीमा गीत गाउनै मिल्ने गरि पद्यात्मक अनुवाद पनि गरेका छन्। जुन अंग्रेजी गीतलाई चलदृष्य स्क्रिनमा क्रमबद्ध (Subtitles) गरेर जोडिएको छ जो विदेशमा हुर्केका नेपाली मुलका बालबालिकाहरुका लागि आफ्ना वास्तविक पहिचान जान्न बुझ्न उपयोगी हुने साथै विदेशी नागरिकहरुलाई नेपाली गीत संगीत को मर्म र अन्तर्य बुझ्न सहज हुने विश्वास लिइएको छ।

मानिसमा कला हुनु गला हुनु रुचि हुनु स्वाभाविक रूपमै लिन सकिन्छ तर यति सुन्दर शृजनाहरु गरेर लाखौँ करोडौं लगानी गीत संगीतमा लगाउँदा चर्चा परिचर्चा तिर व्यवसायिक हीत नहेरी केवल गीतकै लागि गीत निर्माण गर्ने, आफ्नो मौलिक सभ्यता र संस्कृतिलाई सके थप सुन्दर पार्ने, नसके नबिगार्ने भन्ने महान सोंच सँगै दृढ इच्छाशक्ति लिएर निरन्तर अघि बढ्ने यस्ता श्रष्टा निकै कम भेटिन्छन्।

ओझेलका खबर डटकम संगको कुराकानीमा निर्माता खिमानन्द खरेल भन्नुहुन्छ, ‘परिवार संगै बसेर टेलिभिजनमा लोकगीतहरु हेर्न नसकिने आजको समयमा हामिहरुले गरेका सबै शृजना परिवार संगै बसेर हेर्न सकिने खालका सभ्य शालिन र मौलिक मात्र छन्।’

Awareness by SKF

गीतकार हेमनाथ खराल भन्छन्, ‘अत्यन्तै ठिक समयमा सम्पर्क गर्नुभयो। काका संग धेरै शृजनामा कलम चलाउने अवसर प्राप्त गरेँ। हामी दुईको पहिलो सहकार्यको सिर्जना थियो ठुलाखर्क प्यारो गाउँ। गर्दैजाँदा कहिले कता के नमिल्ने, कहिले कता के नपुग्ने झन्डै चारवर्षको संघर्ष पछि यो सिर्जना सार्वजनिक गर्न सफल भएका छौँ।’ गीतकार खराल थप्छन्, ‘काकाले जन्मेको माटोको लागि केहि गर्न सकिन्छ कि मिलेर कोसिस गरौँ भतिज भन्नुभयो। कति पटक आफैले लेखेर गीत पठाउनु भयो। वहाँको परिकल्पनालाई कलमले आकार दिने अन्तिम कोसिस मैले गरेँ। एउटा सामान्य शृजना बजारमा ल्याउन लाखौँ रकम खर्चनुपर्ने परिवेश तथा अवस्था छ। हुन त यौटा शृजना गर्दा दर्जनौँ कलाकारको परिवारले चुलो बाल्छ यो पक्ष अव्यक्त छ।’

पराइभूमीमा कडा मेहेनत गर्ने यि दुई गुल्मेली युवाले दर्जनौँ उत्कृष्ट शृजनामा सहकार्य गरेका छन्। गीत सँगीतलाई दैनिक कर्म नै बनाएका छन्। मौलिक लोक भाका संरक्षणमा स्रष्टाद्वयको महत्त्वपूर्ण योगदान रहेको छ।

मौलिक हाको, पुरानो ढाडे खेल, डाक्टर नहुँदा बिरामीलाई फुकेर ठिक पार्ने चलनलाई यो भिडियोमा देखाइएको छ। दिप्सन् क्षेत्री र आशा विश्वकर्माले अभिनय गरेको भिडियो साँच्चै भन्नुपर्दा राम्रो र सन्देश मुलक छ। यस शृजनामा जोडिनु हुने सम्पुर्ण कलाकारहरु प्रति सफलताको शुभकामना व्यक्त गर्दछौँ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो