गुल्मी: गुल्मीमा एउटै किसानले यो सिजनमा मात्रै चार सयमुरी धान उत्पादन गरेका छन। जिल्लाको धुर्कोट गाउँपालिका-६, सिस्तुङ्गका मेघनाथ अर्यालले यो सिजनमा चार सय मुरी धान उत्पादन गर्नु भएको हो।
३ बर्ष कोरिया बसेका अर्यालले बुटवलमा घर बनाएर ३५ बर्ष सम्म परिवार सहित उतै बस्नुभएको थियो। जब कोरोना महामारी सुरु भयो तब उहाँ गाउँ फर्किनु भयो। त्यति बेला उहाँले अट्याच बाथरुम सहित गाउँमा सहरिया सुविधा सम्पन्न घर बनाउनु भयो। छल्दी खोलाको किनारमा खोलाको सुस्साहट सहित घर वरीपरीको वातावरणलाई थप आकर्षक पार्नु भयो।
घरै छेउँको खेतमा मकै धान गहु खेतीलाई तिव्र पार्नु भयो। आफ्नो ७२ रोपनी खेतका अलावा २८ रोपनी अरुको खेत भाडामा लिई झण्डै सय रोपनी क्षेत्रफलमा मकै खेती र धान खेती गर्दै आउनु भएको छ। मंगलबार उहाँले धुर्कोट गाउँपालिकाका जनप्रतिनिधी र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहित जिल्लाका सरोकारवालाहरुको रोहवरमा चार सय मुरी धानको रास लगाएर उनै अतिथीहरुका रोहवरमा अर्यालले बुटवल सहित तराईको चामल पहाडमा किनेर खाने होईन, पहाडिया धानको चामल बुटवल लगायतको तराईमा बेच्नु पर्छ भन्ने अभियानको उद्घोष गर्नु भएको छ। उहाँँले यस बर्ष डेढ सय मुरी धान स्याहर्नु भएको छ। त्यो मकै र धान प्याकेजिङ्ग गरी बुटवल लगायतका ठुला शहर र तराईमा लगेर बेच्ने उद्घोष गरे पछि अर्यालको पौरख देखेर अतिथीहरु चकित परेका थिए।
यसरी ठुलो परिमाणमा धान खेती गर्ने किसानहरुलाई कृषि ज्ञान केन्द्र गुल्मीले विभिन्न प्रकारको सहयोग गर्दै आएको त्यस कार्यालय प्रमुख नवराज भण्डारीले बताउनु भयो।
धान झार्न र पराल बनाउन गोरुले दाई लगाउने झण्टको अर्यालले अन्त्य गरेका छन। थ्रेसर मेशिनद्वाराधान झाड्दै गरेको दृश्य पनि त्यहाँ पुगेकाअतिथीहरुले बढो अभिरुची चुरेको पहाडको चुचुरो जस्तो महशुस हुने धानको राश देख्दा प्रमुख जिल्ला अधिकारी गौतमले जीवनमै आफुले यति ठुलो धानको राश देखेको बताउँदै हुनुहुन्थ्यो।
‘पौरखी किसान अर्याललाई सिंचाईको निकै आवश्यकता छ, धुर्कोट गाउँपालिकाले प्रदेश सरकार संग माग गरेर पठायौ तर सुनुवाई हुन सकेको छैन’, त्यस पालिका अध्यक्ष भुपाल पोखरेलले भन्नुभयो, ‘पालिकाको श्रोतले भ्याए सम्मको सहयोग गरिदै आएको छ।’
अर्यालले जिल्ला मै सबै भन्दा ठुलो भैँसी पालन फर्म पनि सञ्चालन गर्दै आउनु भएको छ। सिमेन्टेड विशाल गोठमा माउँ भैँसी २१ वटा र डरलाग्दो एक रागो र साना पाडा पाडी सहित ३७ वटा भैँसी पालन गरी दुध उप्पादन गर्दै आउनु भएको छ। दैनिक ७० देखि ८० लिटर दुध बिक्री गर्दै आएको अर्यालले बताउनु हुन्छ।
तम्घास देखि सिमलटारी सम्मको मदन भण्डारी राजमार्गको छेवैमा रहेको उहाँको घरमा गाडी रोकेर मानिसहरु दही दुध , घिउँ खान पुग्ने गरेका छन। उहाँ दैनिक गोठमा देखिनु हुन्छ। आफु भैँसी गोठालो भन्न रुचाउने अर्याल रातो चिल्लो कारमा सयल गर्नु हुन्छ। घर भित्र र वरीपरीको वातावरण हेर्दा ठुलाठुला शहरको अत्याधुनिक पर्यटक लोभ्याउने रिर्सोट जस्तो देखिन्छ।
रातको समयमा कम्पाउण्ड वरीपरी रङ्गीबिरङ्गी बत्तीले झिलीमिली देखिन्छ। कम्पाउण्डमा अनेकन फुल र विभिन्न वनस्पतीको हरियाली बगैँचाले वातावरण निकै मनोरम देखिन्छ। गर्न सके गाउँमा पनि शहरको जस्तै सुविधा सम्पन्न घर र विदेशमा भन्दा बढि कमाई गर्न सकिन्छ भन्ने उदाहरण दिएका अर्यालले बर्षमा सयौंलाई आंशिक रोजगार र एक परिवारलाई दैनिक रोजगार दिएका छन। अर्यालले यो सिजनको धान बुटवल तिर बेचेर करिब ८ लाख कमाउने लक्ष्य लिएका छन।
संघ वा प्रदेश सरकारको नजर पर्न सके अर्याल यो भन्दा ठुलो परिणाममा धान मकै उत्पादन र भैँसी पालन गर्ने सोंचमा छ। झोले किशानहरुलाई बर्षेनी लाखौँको अनुदानका कार्यक्रम पार्ने विभिन्न तहको सरकारको नजर यस्ता वास्तविक किशानमा परेको कसो हुन्थ्यो ? यस्तो सवाल त्यहाँ पुग्नेहरुले उठाएका थिए। साँच्ची नै अब झोले कार्यकर्ता होईन, यस्ता वास्तविक किशानहरुका सरकारको नजर पर्ने कि?
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |