Clean Water Campaign

Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाईको प्रथम अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

 गुल्मी: मुसिकोट नगरपालिका-८, ठूलाखर्कलाई केन्द्रित गर्दै २०७७ सालमा स्थापना भएको वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाईले दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन भदौ १२ गते सम्पन्न गरेको छ। संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष झविन्द्र खरेलको अध्यक्षता र प्रा. डा. ईश्वरी पाण्डे को प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रम करिब ३ घण्टा सम्म चलेको थियो।

संस्थाका स्थानीय अध्यक्ष हुमाकान्त खरालले तयार पार्नुभएको संस्थाको प्रगति विवरण प्रतिवेदन र कोषाध्यक्ष वेद प्रसाद खरेलले संस्थाकाे आय-व्यय प्रतिवेदन पढेर सुनाएसँगै प्रमुख वक्ताहरूबाट मन्तव्य दिने कार्य सुरु भएको थियो। संस्थाले पछिल्लो कार्यकालमा अत्यन्तै राम्रा काम गरेकोमा प्रशंसा गर्दै वक्ताहरू शेषकान्त खरेल, शारदा शर्मा पौडेल, बैकुण्ठ रायमाझी, हेमनाथ खराल, हरिनारायण सापकोटा, रोमकान्त सापकोटा, प्रमुख अतिथि डा. ईश्वरी पाण्डेले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।

सिंचाई
Forest
Ad.

संस्थाले आगामी कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ। नयाँ कार्यसमिति अध्यक्षमा गुल्मी तम्घासमा होटल व्यवसाय गर्दै आउनुभएका हुमाकान्त खराल निर्वाचित हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा हरि प्रसाद खराल (मैनडाँडा), महिला उपाध्यक्ष प्रिन्सेस सापकोटा खरेल (जापान), उपाध्यक्ष प्रकाश लामिछाने (जापान) निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै महासचिवमा अमेरिकालाई कर्मथलो बनाउँदै आउनुभएका कुशल खरेल निर्वाचित हुनुभएको छ।

त्यसैगरी सचिवमा शिक्षक रमेश खरेल, कोषाध्यक्षमा शिक्षक वेद प्रसाद खरेल र सदस्यहरूमा तारा बहादुर क्षेत्री (पोर्चुगल), बिना राम खरेल (जापान), कृष्णप्रसाद खराल (जापान), विष्णुबहादुर विक (कतार), दीपक सापकोटा (अस्ट्रेलिया), हुमकला पौडेल (घैयार) निर्वाचित हुनुभएको छ। साथै संस्थाको लेखा समितिमा गोविन्द खरेल निर्वाचित हुनुभएको छ। संस्थाले देश-विदेश तथा विभिन्न क्षेत्रमा सम्पर्क संयोजकहरू पनि तोकेको छ ।

कार्यक्रमको सञ्चालन सचिव कुशल खरेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथि, अतिथिहरुले इकाईले गरेका उदाहरणीय कामको प्रशंसा पनि गरेका थिए। कार्यक्रममा रोमकान्त सापकोटा, शारदा शर्मा पौडेल, बैकुन्ठ रायमाझी, हरि नारायण सापकोटा लगायतको मन्तव्यले संस्थाको गरिमा बढाएको छ।

Awareness by SKF

नवनिर्वाचित अध्यक्षको कलमबाट:

हार्दिक आभार सहित धेरै धेरै धन्यवाद एवम् सबैमा नमस्कार!

वामी विश्व सम्पर्क मंच ठुलाखर्क इकाइ २०७७ सालमा स्थापना भएको एक स्वायत्त्व संस्था रहेको यहाहरु सबैलाई अवगत नै छ। हाम्रो संस्थाको संस्थापक अध्यक्षको जिम्मेवारी दिई ४ बर्से कार्यकालमा अहोरात्र खटेर विभिन्न कृयाकलापहरु सम्पन्न गर्न साथ र प्रतक्ष्य र परोक्ष रुपमा सहयोग गर्नु भयो।म र मेरो एक्लो प्रयासले केही कुराहरु पनि सम्पन्न गर्न सम्भब थिएन।कार्य समितिका सम्पुर्ण पदाधिकारीज्युहरु, सल्लाहकार ज्युहरु, दानबिर र सहयोगी ज्युहरु, समाजसेबी, शुभचिन्तक, र सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनिहरु र स्थानिय बासिहरु सबैले मलाइ गर्नु भएको सहयोग र सुझाब सल्लाह को मुक्त कन्ठले खुलेर प्रसम्सा गर्दछु।

यहाहरु सबैलाइ हार्दिक आभार ब्यक्त गर्दै धेरै धेरै धन्यबाद एबम नमस्कार व्यक्त गर्दछु। दोश्रो कार्यकालका लागि पुन: अध्यक्ष पदमा निर्बाचित गरि सस्थाको नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पनु भएकोमा म र मेरो सम्योजकमा रहि काम गर्ने इच्छुक सम्पुर्ण कार्य समितिका पदाधिकारीज्युहरुको तर्फदेखी निर्बाचन मन्डलका सम्योजक आदरणिय ब्यक्तित्व श्री शेशकान्त खरेल ज्यु सदस्यहरु द्व्य सम्मानित ब्यक्त्तित्व श्री शिबशन्कर लामिछाने ज्यु र भाइ हेमनाथ खराल लाई धेरै धेरै धन्यबाद ग्यापन गर्दछु।

तपाइहरु प्रती आभारी छु।साथै यो दोश्रो साधरण सभा तथा प्रथम अधिबेशन सम्पन्न गर्न अहोरात्र खट्नुहुने सम्पुर्ण सबैमा विशेष धन्यबाद, जुम आइडी उपलब्ध गराउनुहुने सम्मानित ब्यक्तित्व आदरणिय दाजु प्रा. डा. इश्वरी प्रसाद पान्डेय ज्यु लाई धेरै धेरै धन्यबाद एबम विशेष आभार ब्यक्त गर्दछु।अन्त्यमा सबैको साथ र सहयोगका साथ दोश्रो कार्यकालमा झन झन गहकिला र नबिनतम कार्यहरुको शुरुवात गरिनेछ भन्ने प्रतिबद्धता ब्यक्त गर्दै तपाइहरु सबैलाइ धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। धन्यवाद, नमस्कार।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो