Smoking Causes Cancer

साहारा कला केन्द्रको मौलिक तीज गीत ‘माइती देश’ सार्वजनिक



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: चर्चित लोकगायक राजु परियार, चर्चित लोकगायिका शर्मिला गुरुङ, लक्ष्मी परियार र विष्णु थापाको स्वरमा सजिएको मौलिक तीजको गीत ‘माइती देश’ सार्वजनिक गरिएको छ। साहारा कला केन्द्रद्वारा निर्मित उक्त गीतको म्युजिक भिडियो साहारा अफिसियल नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

चेलीका पिडा वेदना समेटिएको गीतको शब्द सिर्जना हेम नारायण श्रेष्ठले गर्नुभएको हो भने संगीत/थेगो कविराज शाहीको रहेको छ। गीतलाई कृष्ण लामिछानेले एरेन्ज र हेमनारायण श्रेष्ठले निर्देशन गर्नुभएको हो।

गीतका निर्माता लभ्ली कान्छा रविनले केही तीजका गीतमा उच्छृङ्खलता देखिएको प्रति दुःख व्यक्त गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनका लागि पनि मौलिकता बोकेका यस्ता भाकालाई प्रोत्साहन दिन पनि सबै दर्शक श्रोतालाई आग्रह गर्नुभयो।

सिंचाई
Forest
Ad.

विभिन्न लोक गायन र नृत्य प्रतियोगिता आयोजना गर्दै आइरहेको साहारा कला केन्द्रको यो पहिलो तीजको कोशेली हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो