Awareness Campaign

बोम बहादुर कार्कीको निधनमा मुसिकोट काङ्ग्रेसको शोकसभा



माधव खरेल
८ महिना अगाडि


Place for ads

माधव खरेल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का बोम बहादुर कार्कीको केही दिन अघि भएको निधनमा सोमबार सो वडाको नेपाली काङ्ग्रेस वडा कार्यसमितिले शोकसभा गरेको छ।

काङ्ग्रेस वडा सभापति दान बहादुर केसीको सभापतित्वमा सुरु भएको शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रममा सो पार्टीका नगर कार्यसमिति सभापति झविलाल भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तै नगर सचिव तेजेन्द्र जिसी, मुसिकोट वडा नं १ का कार्यसमिति उपसभापति टीका गिरी, पुर्ण बहादुर हितान, तरुण दल नगर सचिव आनन्द श्रेष्ठ लगाएको आतिथ्यता रहेको थियो।

Forest
Forest
Ad.

कार्कीको निधन प्रति शोक प्रकट गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर सभापति भण्डारीले बोल्दै कहिले डढेलो त कहिले बाढी पहिरोले मानिसहरुको अकाल मृत्यु हुदै आएकोले यस्ता घटनाबाट बच्न सबैले सावधानी अपनाउन आग्रह गर्नुभयो।

कार्की साउन ५ गतेका दिन निस्ती खोलाले बगाएर बेपत्ता भई केही दिन अघि दोभानमा मृत फेला परेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो