गुल्मी: गुल्मीमा भान्जी नाता पर्ने १३ बर्षीय बालिका बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन। जिल्लाको चन्द्रकोट गाउँपालिका निवासी ४५ बर्षीय पुरुषले परिवर्तित नाम ४६ चन्द्रकोटकी १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।
निजले सोमबार दिउँसो ११ बजेतिर घरमा एक्लै बसिरहेकी ति बालिकालाई बलात्कार गरेको आरोपमा आफ्नो कमाण्डमा घटनास्थलमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी शंकर पोखरेलले जानकारी दिए।
पीडित बालिका र उनकी आमा तम्घासमा आएका छन। पीडित बालिकाकी आमाले भनिन्, ‘मेरो घर एक्लो छ। घरमा झन् असुरक्षित भयौँ। दिनभरी मेरो श्रीमान र ति पुरुष संगै काममा गएका थिए। म पनि मेलामा गएकी थिएँ। घरमा एक्लै भएकी छोरीलाई त्यस्तो नराम्रो काम गरे छन्।’
ति बालिका संग बुझ्दा उनले भनिन, ‘पहिला खै आमा बुुवा भनेर सोध्नु भयो। मैले घर हुुनुहुन्न भनेँ। त्यस पछि मलाई समातेर भित्र खाटमा लगेर नराम्रो काम गर्नुभयो। मैले गुहार मागेर पनि गुहार दिने मान्छे कोही भएनन।’
मामा भान्जी नाता पर्ने भएकोले आरोपित पुरुषको नाम पनि खुलाउन नमिल्ने डिएसपी पोखरेले बताए। आरोपित पुरुष र पीडित बालिका दलित समुदायका हुन। आरोपित पुरुषकी श्रीमति प्रहरी कार्यालयमा रुँदै थिईन।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |