Awareness

नेता प्रदीप ज्ञवालीले राखे रिडी क्षेत्रको फेसबुक कभर फोटो



प्रेम सुनार
३ दिन अगाडि


Place for ads

गुल्मी: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आज दिउँसो अघि आफ्नो फेसबुक पेजमा धमिलो पानीको बहावले निकै सुन्दर बनेको रिडिखोला र कालिगण्डकी नदि र वरिपरी हराभरा तीन जिल्ला गुल्मी, पाल्पा र स्याङ्जाका मनोरम दृश्य रहेको फोटो नेता ज्ञवालीले पोष्ट गरे पश्चात धेरैले शेयर गरेका छन।

गुल्मीको सामान्य परिवारमा जन्मिएका नेता ज्ञवाली प्रकृतिप्रेमि छन भन्ने कुरा उनी बाट पोष्ट हुने फोटाबाट मात्र होईन साहित्यक लेख रचनाबाट पनि बुझ्न सकिन्छ। उक्त तस्वीर कसले खिचेको भन्ने चाहीँ खुल्न सकेको छैन।

उनले फोटोको क्याप्सनमा यस्तो लेखेका छन्:
बर्खायामको रिडीबजार, उर्लिरहेका कालीगण्डकी र रिडीखोला एवं गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने तीनमुखे पुल।

दाहिनेतिर चीन जोड्ने कालीगण्डकी करिडोर, उकालो चढ्दै गरेको मदन भण्डारी राष्ट्रिय राजमार्ग र देब्रेतिर सुर्खेत जाने NH 19।

सौजन्य- सामाजिक सञ्जाल।
धेरै धेरै धन्यवाद फोटोग्राफरज्यू!

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →