Awareness Campaign

इस्माका सहाराविहिन अपाङ्गता भएका भुपाल घर्तीलाई समाजसेवी थापाको सहयोग



ओझेलका खबर संवाददाता
१० महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-४ का ३७ वर्षीय गोपाल घर्तीलाई समाजसेवी लिल बहादुर थापाले सहयोग सामाग्री प्रदान गर्नुभएको छ।

घर्ती भारतमा मजदुरीको क्रममा मेसिनमा खुट्टा परेपछि खुट्टा नै गुमाउनुपरेको थियो। हाल उनी शारिरिक रुपमा अपांगता भएका छन्।‌ उनको एउटा खुट्टा छैन।

भारतबाट मजदुरी गर्दै श्रीमतीलाई पैसा कमाउन्जेल उनी पनि साथमा थिईन। तर जब भुपालले एउटा खुट्टा गुमाए श्रीमतीले पनि उनलाई छाडिन्। छोराछोरी पनि नभएका उनी अहिले गाउँमा बेसहारा भएर एक्लो जीवन बिताईरहेका छन्। शारिरिक रुपमा अशक्त भएपछि उनलाई दैनिकी चलाउन समेत मुस्किल परिरहेको छ।

Forest
Forest
Ad.

घर्तीको यो अवस्थाका बारेमा जिटिभओ नेपालमा भिडियो सामाग्री प्रशारण भएको थियो। उक्त सामाचार सामाग्री हेरेपश्चात बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीका क्रममा संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी लिल बहादुर थापाले खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री प्रदान गर्नुभएको हो।

उक्त सहयोग सामाग्री जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले घर्तीको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो