Awareness

पाल्पाको तानसेन नगरपालिकाले लैङ्गिकमैत्री नगर बनाउन लैङ्गिक समानता नीति तयार गर्ने



सुमित्रा कंडेल
२ हप्ता अगाडि


Place for ads

पाल्पा: पाल्पाको तानसेन नगरपालिकाले लैङ्गिकमैत्री तानसेन नगर बनाउन लैङ्गिक समानता नीति तयार पारेर अगाडि बढ्ने जनाएको छ।

लैङ्गिक समानतामा आधारित समतामूलक र समावेशी तानसेन नगर बनाउने सोचका साथ अगाडी बढेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो। आज सिडिडब्लुएले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले तानसेनमा महिला, अपाङ्ग, दलित तथा यौनिक अल्पसङ्खयमैत्री कार्यक्रमहरु गर्दै आएको बताउनुभयो ।

तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहाँ सिंजालीले स्थानीय तहका नीति र रणनीति, योजना, संरचना, कार्यक्रम र बजेटमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विषय मूल प्रवाहीकरण गर्ने लक्ष्य लैङ्गिक समानताका लागि जनतालाई जिम्मेवार र संवेदनशील बनाउन क्षमता अभिवृद्धि गराउने कुरा नगरको योजनामा समावेश रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला , सामाजिक शाखा प्रमुख भरत प्रसाद आचार्य, सिडिडब्लुएनका कार्यक्रम प्रबन्धक रिजु रसाइली, निर्मला शाही लगायतले नगरपालिकाले सबै क्षेत्रमा लैङ्गिक समानता कायम गरी प्रदेशको सामाजिक तथा आर्थिक रुपान्तरणको आधार निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा सहभागीका तर्फबाट नगरका कार्यपालीका सदस्य संजय घलले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, पर्यटनमा लैङ्गिक नीति र समावेशी के हुने भन्नेबारेमा नगरपालिका मौन रहेको भन्दै त्यसलाई समावेश गर्न सुझाव दिनुभयो ।

नगरले लैङ्गिक समानतामा आधारित महिला, बालिका एवम् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको बहुपक्षीय सशक्तीकरण तथा विकासका लागि नीतिगत, कानुनी तथा संरचनागत क्षमता सुदृढ गर्न विभिन्न कार्ययोजनाको परिकल्पना गरेको जनाएको छ ।

महिला अधिकारमा आधारित लैङ्गिक उत्तरदायी शासन पद्धति सुनिश्चित गरी लैङ्गिकतामा आधारित सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न अभियान चलाउने, लैङ्गिक समानताका लागि व्यवहार परिवर्तन गर्न प्रोत्साहन गर्ने कार्ययोजना रहेको उपप्रमुख सिंजालीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →