Awareness

धुर्कोट गाउँपालिका पूर्ण खोप, पोषणमैत्री तथा संस्थागत प्रसुती सुनिश्चित गाउँपालिका घोषित



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी: पहाडी जिल्लाका ताजा र पौष्टिक खानपिनको साटो सहरिया खानाले मानिसहरुको स्वास्थ्यमा असर पर्दै गएको गुल्मीको एक कार्यक्रमका वक्ताहरुले बताउँदै गाउँघरकै खानपिनमा जोड दिएका छन। धुर्कोट गाउँपालिकाले आयोजना गरेको पूर्ण खोप, पूर्ण पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका सुनिश्चितता घोषणा कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन।

गुल्मी जस्ता पाहडी जिल्लाका स्थानीय खानपिनका परिकारका प्रदर्शनी देख्दा काचै खाउँ जस्तो देखिन्छ । बन जंगलमा फल्ने गिठा , चिउरी चौतारी तिजु देखि साग सिस्नो , नास्पाती , काँक्रा , रुख कहटर , भुँई कटहर , आँप , आरु , आरु पखेडा , लोकल केरा , खनियाँका दाना , बिडुँला शहरमा अम्बा भनिने बेलौती लगायत घर घरमा फल्ने विभिन्न प्रकारका फलफुल , पोषणयुक्त ताजा सागपात शहरतिर हुँदा पनि उहि गाउँको सम्झना आउँछ मुख रसाउँछ।

अझ शहरतिर भातले वाक्का पारेको बेला गाँउको आटो ढिडो । त्यो संग असाध्धै मिठो मिठो हुने सिल्तुङ्ग पनि भनिने झिलिङ्गको दाल , अझ ठिडो संग सिध्रा जिम्मुले झानेको मासको फाँडो , आडो ढिडो संग गहतको दाल , अर्डरको दाल लेकतिर पाईने कालो सिमी सहितका विभिन्न गेडा दाल , गाउँमै फलेको मसुराको दाहल कुरा नगरौ भने सम्झीदा पनि मुखै रसाउछ आटो ढिडो संग । त्यस माथी सेतो मकैको आटो दही महीमा रोथलेर राख्न पाईयोस केहि चाहिन्न । पतेनो पनि भनिने पुदिना , मरौटी टिमुरा , मरिच बाँकका चटेनी, पश्चिमतिर वाईबाँडा पनि भनिने लोकट टमाटारका चटनी संगको आटो ढिडो , रोटी पिठो जादै्र मिठो हुन्छ । गाउँमा फल्न एकसेएक यस्ता मिठा र पौष्टीक खान छाडेर भारतिरबाट समेत आउने पसलका कुहेका चामल ,बिषदीयुक्त प्रागणिक मलमा फलेका तरकारीहरु तिर पछिल्लो पुस्ता आकर्षित हुँदा विभिन्न रोगका शिकार हुनु परेको आईतबार गुल्मीको धुर्कोट गाउँपालिकाका बक्ताहरुले बताउँदै थिए।

सो पालिकाले गत बर्ष पुणर् खोप , पुणर् पोषण मैत्री तथा पुणर् संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका घोषणा गरेको थियो । त्यसको दिगोपनाका लागि उसले आईतबार भब्य समारोहका बिच त्यसको सुनिश्चितता घोषणा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमको जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खात्रीले उदघाटन गर्नु भएको थियो । पछिल्लो चरण सबै भन्दा पौष्टीक आहरा मकैको आटो पिठो भैसीलाई खुवाउने र शहर बजारतिर बेच्ने तर स्वयम उत्पादन गर्ने मानिसले नखाने जसका कारण स्वास्थ्य विरोधी कार्य भईरहेको भन्दै स्वास्थ्यका लागि गाउँकै उत्पादनमा जोड दिनु पर्नेमा खत्रीको जोड थियो।

स्वास्थ्य क्षेत्रको दिगोपनाका लागि महिला स्वयम सेवीका देखि स्वास्थ्य शाखा र वडा स्तर सम्मका स्वास्थ्यकर्मीहरुले खेलेको भुमिका प्रति त्यस पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले धन्यवाद दिनु भएको थियो।

घोषणाले मात्रै होईन दिगोपनाका गत बर्ष घोषित कार्यक्रमलाई बर्सेनी सुनिश्चितता घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेल , उपाध्यक्ष सिता गिरि र प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीको भनाई थियो।

स्वास्थ्यका लागि पौष्टिक खानपिन जति आबश्यक छ त्यति नै खुशी रहनु हाँस्नु र मनोरञ्जन लिनु आवश्यक छ प्रमुख अतिथी खत्रीले भने झै छात्राछात्राहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन पनि दिएका थिए ।

Awareness by SKF

त्यस्तै त्यस पालिकाले गत १० दिन देखि वडा नम्वर ७ वाग्लाका महिलाहरुलाई दिएको पञ्चेबाजा तालिम दिएका महिलाहरुले केहिबेर बाजा बजाएर सहभागिहरुलाई नचाएका थिए ।

समृद्ध धुर्कोटः हाम्रो शान भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख पुष्पा थापा विभिन्न वडाध्यक्ष लगायतले मन्तब्य राखेका थिए ।

त्यस पालिका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिरिको स्वागत मन्तब्य र स्वास्थ्य शाखा प्रमुख खनालको सञ्चालन रहेको थियो ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →