Awareness

Get Vaccinated

जुनियर रेडक्रस सोसाइटी इस्मा शाखाको गोष्ठी तथा नयाँ कार्यसमिती चयन



ओझेलका खबर संवाददाता
२ महिना अगाडि


Place for ads

माधव खरेल, गुल्मी: जुनियर रेडक्रस सोसाइटी इस्मा शाखाको गोष्ठी तथा नयाँ कार्यसमिती चयन भएको भएको छ।

कार्यक्रमका प्रमुख अतिथी इस्मागाउपालिका अध्यक्ष भगत सिह खड्काले बोल्दै सेवा नै धर्म हो भन्ने मुल मन्त्र लिएर हिडेको सस्थाले बिपतको बेला धेरैको घाउमा मलम लगाएको बताउदै समाज सेवामा निरन्तर लाग्न आग्रह गर्नु भएको थियो।

कार्यक्रमका विशेषज अतिथी गुल्मी जिल्लाका उपमहामन्त्री महेन्द्र प्रसाद भण्डारीले बोल्दै जुनियर रेडक्रस सर्कलले गरिब दुखी जनताको साथमा रहेर काम गर्दै आएको र अब पनि दुख को बेला निरन्तर लाग्ने बताउनु भएको छ ।

इस्मा गाउँपालिका भित्रका बिधालयका शिक्षक नायक तथा बिधालय गठित जुनियर युवा तथा रेडक्रस का अध्यक्ष को उपस्थितिमा नया इस्मा गाउँपालिका स्तरीय समितीको गठन गरिएको थियो ।

आन्दपुर मा बि का शिक्षक नारायण प्रसाद घिमिरे को सयोजकमा 7 सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसमा ओम प्रकाश मा बि प्र अ तिल बहादुर पराजुली ठाडुगा मा बि का शिक्षक कुष्मा कुवर कालिका आधारभूत बिधालय शिक्षक महादेब खरेल पालुखा मा बि का बिद्यार्थी साहारा नेपाली र सदस्य सचिबमा टेकराज पराजुली चयन हुनु भएको इस्मा गाउपालिक रेडक्रस सोसाइटीका सयोजक घिमिरेले बताउनु भयो ।

इस्मा दोहोली साखाका सयोजक इस्वरी प्रसाद भुजेल को सभापतित्योमा सुरु भएको कार्यक्रममा इस्मा गाउपालिका अध्यक्ष भगत सिह खड्का को प्रमुख आतिथ्यता रहेको थियो ।

Awareness by SKF

यस्तै गुल्मी जिल्लाका उपमहामन्त्री महेन्द्र प्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको कार्यक्रम इस्माका सयोजक नारायण प्रसाद घिमिरे राम प्रसाद पाण्डे इस्मा ६ का पुर्ब वडा अध्यक्ष हिरा बहादुर जि सि रेसम कुवर लगाएत समाजसेवी बुद्धिजिबि प्रत्रकार लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रम को अवसरमा बाल कृष्ण बस्नेत नारायण पराजुलिले सुभकामना मनतब्य रहेको थियो।

भने बिधालय शिक्षिका सारदा घिमिरेको स्वागत मनतब्य सगै सुरु भएको कार्यक्रमको सन्चालन टेक राज पराजुली गर्नु भएको थियो भने कार्यक्रम को अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गर्नुका साथै आगोलागी कारण हुने क्षतिको बारेमा नाटक बाट प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो