गुल्मी: वामी-विश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिले बैठक सम्पन्न गरेको छ। सचिवालयले २०८१ जेष्ठ महिनाको १० गते बिहिबार साँझ प्रस्तावित विभिन्न बुँदाहरुमा भर्चुअल माध्यमबाट छलफल गर्दै प्राज्ञिक विद्वान, सँस्कृति विद्, अनुभवी व्यक्तित्वहरुका सारगर्भित अभिव्यक्तिहरुको माझबाट निम्न महत्वपूर्ण निर्णयहरु सहित बैठक सम्पन्न गरेको छ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै संस्थाका महासचिव हेमनाथ खरालले वामी-बिश्व सम्पर्क मञ्च नौमती साँस्कृतिक समितिले हरेक द्वैवार्षिक रुपमा मुसिकोट नगरपालिकाको केन्द्र वामीमा सम्पन्न गर्दै आएको वामीमेला चौथो नौमती सांस्कृतिक महोत्सव प्रभावकारी रुपमा सम्पन्न गर्न मुसिकोट नगरपालिका संग संस्थाले आधिकारिक छलफल गर्ने निर्णय गरेको बताउनुभयो।
त्यसैगरी संस्थाका महत्त्वपूर्ण सांस्कृतिक कर्महरु तथा वामी सँग सम्बन्धित मौलिक साँस्कृतिक अवयवहरुलाई अभिलेख राख्ने उद्देश्यले, सँस्थाका प्रमुख सल्लाहकार प्रा.डा. जीवलाल सापकोटा प्रधान सम्पादक रहनेगरी साँस्कृतिक स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरिएको उहाँले जानकारी गराउनुभएको छ।
संस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीको रायमाझीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रमुख सल्लाहकार प्रा.डा. जीवलाल सापकोटा, वरिष्ठ सल्लाहकार संस्कृतिविद राम के.सी., सल्लाहकार श्री रोमकान्त सापकोटा, उपाध्यक्षद्वय रमेश कंडेल र निर्मला रायमाझी, सचिवालय सदस्य द्वय रामचन्द्र सापकोटा र बोधशाली गौतम, महासचिव हेमनाथ खराल लगायतको सहभागितामा सम्पन्न भएको थियोे। कार्यक्रम संस्थाका महासचिव हेमनाथ खरालको सञ्चालनमा सम्पन्न भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |