Hi-Speed Computer

Awareness Campaign

मुसिकोट युवा क्लबले मुसिकोटका नागरिकलाई जीवनपयोगी प्रशिक्षण गराउदै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

सरीता पौडेल, मुसिकोट: मुसिकोट युवा क्लब मुसिकोट गुल्मीको आयोजनामा यहि जेष्ठ १० गते राष्ट्रिय प्रशिक्षकद्वारा “जीवन रुपान्तरणका लागि सकारात्मक सोच” विषयमा प्रशिक्षण मुसिकोटमा संचालन हुने भएको छ ।

पछिल्लो समयमा युवाहरुमा निरासाबादी सोच बढिरहेको तथा आफ्नो कामप्रती गर्व गर्ने अवस्था नरहने देखिएकोले जिवनमा सफल हुन सकारात्मक सोचले ठूलो प्रभाव पार्ने भएकोले यो प्रशिक्षणको आयोजना गरिएको क्लबका अध्यक्ष बसन्त अधिकारीले बताउनु भयो ।

प्रशिक्षणमा मुसिकोट नगरपालिका भित्रका ९ वटै वडाबाट केही गर्छु भन्ने सोच भएका युवाहरु, जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा विभिन्न संघ संस्थामा आवद्ध नागरिकहरुलाई थप कुशल कार्य सम्पादनका लागि सहभागी बन्नको लागि आमन्त्रण गर्ने क्लबका महासचिव बिष्णु प्रसाद आचार्य चकितले बताउनु भयो ।

Forest
Forest
Ad.

सार्वजनिक कार्यक्रम भएकोले इच्छुक जो सुकैले ठिक समयमा उपस्थित भएमा निशुल्क प्रशिक्षण लिन सक्ने तथा सहभागीलाई खाजा र प्रमाणपत्रको ब्याबस्था गरिएको क्लबको वरिष्ठ उपाध्यक्ष अनुप पान्डेले बताउनु भयो ।

मुसिकोट युवा क्लबले मुसिकोट नगरपालिकाका ९ वटै वडामा सामाजिक काम गर्दै आईरहेकोले यो कार्यक्रमले युवा तथा लक्षित वर्गमा परिवर्तन आउने आशा गरिएको मुसिकोट युवा क्लबका उपाध्यक्ष सपना रायमाझीले बताउनु भयो ।

बिगतमा स्वास्थ्य, शिक्षा, सरसफाई, बजारिकरण, युवा तथा लक्षित वर्गका कार्यक्रम गर्दै आईरहेको र अहिले पनि मुसिकोट ४ हलोगाडेमा हाटबजार संचालन गर्दै आईरहेको क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।

क्लब स्थापनाको छोटो समयमा स्थानीय सरकारसँग समन्वय गर्दै सामाजिक काममा आफ्नो नाम चुलाउदै गैइरहेको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो