Awareness Campaign

जिटिभी नेपालले गर्यो २०८१ सालको भित्तेपात्रो विमोचन



सागर भण्डारी
१२ महिना अगाडि


Place for ads

गुल्मी: जिटिभि नेपाल अनलाईन सुचना केन्द्र प्रा.लि. मुसिकोट नगरपालिका-७, वामीटक्सार गुल्मीले वि.सं. २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ।

‘परोपकारी पत्रकारिता हाम्रो यात्रा’ भन्ने मुल नाराका साथ सुचना, सञ्चार र परोपकारको क्षेत्रमा क्रियाशिल संस्थाले आफ्नो बार्षिक क्रियाकलाप समेटिएको भित्तेपात्रो मुसिकोटमा क्रियाशिल सञ्चारकर्मीहरुका बीचमा विमोचन गरेको हो।

मदुस क्याफे क्लकमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवम् जिटिभि नेपालका सल्लाहकार अर्जुन सापकोटाले भित्तेपात्रोको विमोचन गर्नुभएको हो। सो अवसरमा बोल्दै सापकोटाले पत्रकारिताको माध्यमबाट देशका विपन्न, असहाय र अशक्तहरुको सेवामा समर्पित जिटिभि नेपालले सञ्चारको क्षेत्रमा नमुना काम गरेको बताउनुभयो।

Forest
Forest
Ad.

कार्यक्रममा जिटिभि नेपालका संरक्षक एवम् वरिष्ठ समाजसेवी लिल बहादुर थापाले नागरिकको अफ्ठ्यारो र दुःखमा संगै रहेर उनीहरुको राहत पुर्नस्थापनामा आफु पनि नजिक भएर काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि सामुदायिक रेडियो पुष्पाञ्जलीका बरिष्ठ उपाध्यक्ष विवेक काफ्लेले पत्रकारितालाई परोपकारीतासंग जोडेर पूण्यको काम गरेको बताउनुभयो । साथै उहाँले दिन दुखीहरुको दुःखमा अझै नजिक रहेर काम गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

त्यस्तै विशेष अतिथि युनिक खबर डटकमका प्रधानसम्पादक रामकृष्ण कंडेलले दुर दराजमा रहेका विपन्न नागरिकहरुलाई सहयोग संगै आम नागरिकहरुलाई सुचना र सञ्चारको पहुँचमा पुर्याउन अनलाईन पत्रिकाको माध्यमबाट उत्कृष्ट कार्य गरिरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नव खबर डटकमका सञ्चालक भुवन काफ्ले सहित मुसिकोटमा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सल्लाहकार कौरव खत्रीले गर्नुभएको थियो ।

Awareness by SKF

जिटिभि नेपाल अनलाईन सुचना केन्द्र गुल्मीको मुसिकोट नगरपालिकाबाट सञ्चालित रहेको छ । केन्द्रले देशका विभिन्न स्थानमा रहेका गरिब, विपन्न, असहायहरुका बारेमा समाचार सामाग्री प्रशारण गरी विभिन्न सहयोगीहरु मार्फत सहयोग गर्दै आईरहेको छ । जिटिभि नेपाल मार्फत केन्द्रका संरक्षक एवम् समाजसेवी लिल बहादुर थापाले विभिन्न ठाउँमा व्यक्तिगत खर्चमा ४ वटा घरबार विहिनहरुको घर निर्माण गरिदिनुभएको छ ।

केन्द्रले gtvnepal.com अनलाईन पत्रिका मार्फत निरन्तर सुचना समाचार र जानकारीमूलक सामाग्रीहरु प्रकाशन गर्दै आईरहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो