Place for ads

Awareness

विद्यार्थीले घन्काएको नौमती बाजामा तम्घास बजार नै नाच्यो (भिडियो सहित)



प्रेम सुनार
२ हप्ता अगाडि


       

Place for ads

गुल्मी: बैशाख २५ को एकाबिहानै सिमसिमे पानी परिरहेकोले गुल्मी तम्घासमा चिसो बढेको थियो तर भजन र बाजातालले बजार तताई रहेको थियो। कतै भजनमा त कतै बाजा तालमा नाच्नेहरु पसिनै पसिना थिए।

नेपाली कला संस्कृतिहरु मध्ये भजन र बाजा ताल प्रमुख आकर्षण त छदैछ। रेसुंगा नगरपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रमको प्रमुख आकर्षण पनि अर्खलेको भजन र रेसुंगा माविका विद्यार्थीहरुको नौमती बाजा बनेको थियो। नगरपालिकाको प्रशासकीय भवनबाट उदिढुंगासम्म र पुनः नगरपालिका आउने बेलासम्म नाचगान चलेको थियो। नगर प्रमुख खिलध्वज पन्थी समेत भजनमा रमाउँदै नाच प्रस्तुत गरेका थिए।

Get Vaccinated

सदियौंदेखि कहलिएका अर्खलेका भजन मण्डलीहरुमा पुरानै अनुहार देखिए पनि बाजा बजाउने रेसुंगा माविका विद्यार्थीहरुको अनुशार भने नयाँ भएका कारण तम्घासबासी प्रफुल्लित थिए । भर्खर १२ वर्ष उमेर पुगेका कक्षा ८ का सुदिप परियार पाका व्यक्तिकै जोसमा ट्याम्को घनकाई रहेका थिए । नगरपालिका परिसरमा पुग्दा उनले मेयर पन्थीलाई तानेरै नाँच्न लगाए ।

कक्षा सातका १४ वर्षीय अनिल बिक सिकारु भए पनि सहनाईको तालमा कमी देखिन्नथे । कक्षा ९ का १४ वर्षीय अमन महतारा टाउको कोखे पार्दै ढोलकी मकै भुट्दाको तालमा बजाउँदै थिए । कक्षा ८ का १४ वर्षीय अनिल पल्लीले नर्रसिङ्गा बजाउँदाको स्वासको गतिलाई कमी हुन दिएका थिएनन् । नरसिंगालाई जस्तै कर्नाललाई पनि सासको गति उति नै चाहिन्छ । कक्षा ९ का १५ वर्षीय रमित परियारले पनि कर्नाल फुकाईमा कमी हुन दिएका थिएनन् ।

कक्षा ९ का १५ वर्षीय विक्रम जिसि झ्यालीमा, कक्षा ८ का १४ वर्षीय निश्चल बहराई, कक्षा नौंका १५ वर्षीय अबिनाश कुँवर दमाह बजाउँदै थिए । रेसुंगा माविका पूर्व प्रधानाध्यापक प्रेमनारायण भण्डारी छदाँ पढ्दै कमाउँदै कार्यक्रम अगाडि सारिएको र रेसुंगा नगरपालिकासँग उक्त कार्यक्रम सञ्चालनको प्रस्ताव लगेर पालिकाको आर्थिक सहयोगमा सोही कार्यक्रम अर्न्तगत कक्षा ७ देखि नौं सम्मका ९ जना विद्यार्थीहरुलाई नौमति बाजा बजाउने प्रशिक्षण फागुन महिनादेखि सुरु गरिएको वर्तमान प्रधानाध्यापक भागरीथ भण्डारीले जानकारी दिए ।

प्रशिक्षणको शुभारम्भ फागनुमा गरिए पनि विद्यार्थीहरुको परीक्षा सञ्चालन भएकाले गत १५ दिनदेखि बाजा बजाउन सिकेका विद्यार्थीहरुले रेसुंगा नगरपालिकाको स्थापना दिवसमा कायक्रमको प्रभावकारीता पस्कीन सफल भएका छन् । प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पन्थीले रेसुङ्गा माविका विद्यार्थीहरुको बाजा बजाउने कलाको प्रशंसा गर्दै खुशी ब्यक्त गरे ।

Awareness by SKF

अहिलेको समूहबाट विद्यार्थी बाजा बजाउन प्राङ्गत भइसकेपछि क्रमशः अर्को समूहलाई निरन्तरता दिने विद्यालयले जनाएको छ । हरेक विद्यालयका विद्यार्थीलाई यसरी नै बाजा बजाउने लगायतका कला सिकाउन सके मौलिक संस्कृतिको संरक्षण हुनुका साथै बिगतमा सीमित जाती विशेषको पेशा र कला सर्वजातिय बन्ने छ । मर्यादित अनि स्वरोजगारीको गतिले माध्यम बन्ने देखिन्छ।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →