Place for ads

Awareness

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, एक घाईते



प्रेम सुनार
१ हप्ता अगाडि


Place for ads

गुल्मी, बैशाख १४: गुल्मीको गुल्मीदरबार गाउँपालिकामा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ‌एकजना घाइते भएका छन।

हिजो साँझ करिब साढे सात बजेको समयमा गुल्मीदरबार गाउँपालिका-३ को म्यालपोखरी स्थित रिडि तम्घास मुख्य सडकमा लु‌ ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा सोहि वडा राजागाउँका २९ बर्षिय अनिलराज घर्तिको मृत्यु भएको हो।

Get Vaccinated

त्यस्तै सोही पालिका-४, भट्टेचौरका अन्दाजी ३० बर्षिय यम बहादुर सुर्यवंशी घाईते भएका हुन।

घम्भिर घाईते घर्तिलाई उपचारका लागि तम्घास स्थित गुल्मी अस्पतालमा उपचार गर्न ल्याईएकोमा राति ११.३५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी शंकर पोख्रेलले पठाएको विवरणमा उल्लेख छ।

मोटरसाइकल अनियन्त्रित भई सडक देखि करिब ३० मिटर तल खसेको बताईएको छ।

घाइतेको अवस्था मध्यम खालको भए पनि गुल्मी अस्पतालबाट थप उपचारका लागि पाल्पा स्थित मिशन अस्पतालमा पठाईएको छ।

Awareness by SKF

मृतकको शव गुल्मी अस्पतालको शवगृहमा राखिएको जनाईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →