Place for ads

Awareness

गुल्मीका दुई नेता प्रदेश सरकारका मन्त्री नियुक्त



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी, वैशाख ६: ‌गुल्मी जिल्लाका दुई जना नेता आज लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का सांसद दिनेश पन्थी लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पन्थी सहित ७ जनालाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो।

बिना विगभागीय मन्त्री भनिएपनि पन्थीलाई शुभेच्छुकहरुले सामाजिक सञ्जालमा प्रदेशको गृहमन्त्रीको रुपमा बधाई दिइरहेका छन्। गुल्मीको मदाने गाउँपालिका-७, भनभनेमा जन्मिनुभएका पन्थी भारत–प्रवास देखि लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा सक्रिय हुँदै आउनुभएको छ।

Get Vaccinated

सामान्य कृषक झैं सादा जीवन यापन गर्दै आउनुभएका पन्थी हालसम्म पदप्रतिष्ठाप्रति लालायित नहुने नेताका रुपमा छवि बनाउँदै आउनुभएको छ । उहाँ सांसद भइसकेपछि पनि प्रदेश राजधानी दाङ्ग र गृह जिल्ला गुल्मी लगायतका स्थानमा सार्वजनिक यातयातमा आवतजावत गर्दै आउनुभएको छ।

उहाँ सांसदमा निर्वाचित भइसकेपछि आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणले गति लिएको उहाँ निकट नेताहरुको भनाई छ । मुख्यमन्त्री महराले नेकपा एमालेका ४ सहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीका एक–एक तथा स्वतन्त्र सांसद एक जनालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो।

त्यस्तै स्वतन्त्रबाट मन्त्री बन्नुभएका खड्ग बस्नेत पनि गुल्मीकै भएको खुलेको छ। इस्मा गाउँपालिका-३ का वडाअध्यक्ष ज्योतिराज कुँवरका अनुसार बस्नेतको पुख्र्योली घर इस्मा गाउँपालिका-३, दर्लामचौर बड्खोला हो। उहाँको परिवार बसाईसराई गरेर सुनवलमा बस्दै आउनुभएको छ।

नियुक्त हुने मन्त्रीमा एमालेबाट गुल्मीका पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, रुपन्देहीका भुमिश्वर ढकाल र बाँकेका रत्नबहादुर खत्री, नाउपाका धर्मबहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी) बाट भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री नियुक्त हुनुभएको छ।

Awareness by SKF

उहाँहरूले आज साँझ बिना विभागीय मन्त्रीका रूपमा प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गर्नुभएको छ। यस अघि अर्घाखाँची जिल्लाबाट एमालेका नेता चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →