Awareness Campaign

गुल्मीको मुसिकोटमा आगो निभाउने क्रममा एकजनाको मृत्यु, एकजना घाइते



प्रेम सुनार
११ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा अग्नी नियन्त्रणका क्रममा घाईते भएका एकको मृत्यु भएको छ। सोमबार दिउँसो साढे ११ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१, तल्लो पौदी स्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए।

घाइते मध्ये ५८ बर्षिय महले घर्तीको गुल्मी अस्पतालमा उपचारका क्रममा दिउँसो २.५५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

पौदी स्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा आगो निभाउने क्रममा आगाको मुस्लोले पच्छाउदै जाँदा घर्ती सहित बर्ष ५२ का रेशम थापा करिब १५० मिटर तल खसेर गम्भीर घाईते भएका थिए। थापाको गुल्मी अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको छ। -फाइल तस्वीर 

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →