Awareness

Get Vaccinated

अर्घाखाँचीमा कार दुर्घटनामा परी एक बालकको मृत्यु, सात घाइते



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: अर्घाखाँचीको सुपादेउरालीबाट पोखरातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८, किमडाँडाका ६ वर्षीय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको हो।

बिहान दश बजेको समयमा जिल्लाको पाणिनी गाउँपालिका-८, पोलडाँडा स्थित अर्घाखाँची पाल्पा सडकखण्डमा ग ३ च ४५७४ नम्बरको कार दुर्घटना भई सडक देखि करिब १५० मिटर तल खस्दा आठ जना घाइते भएकामध्ये गम्भिर अवस्थामा रहेका घाइते क्षेत्रीको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिकसिङ राठोरले जानकारी दिनुभयो।

उहाँका अनुसार सुपादेउरालीबाट पोखरातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा किमडाँडाका ३४ वर्षिय ईश्वरी क्षेत्री, उहाँकी ३० वर्षिय श्रीमती सम्झना क्षेत्री, निजिकी छोरी वर्ष २ की इभान्सी क्षेत्री, कास्की पोखरा उपमहानगरपालिका १२ हस्पिटल चोक निवासी ३० वर्षिय सविता अधिकारी, सोही स्थानका १५ वर्षिय प्रज्वल कंडेल, ४२ वर्षीय गीता कंडेल र वर्ष १० का जोसन बस्नेत पनि घाइते भएका छन्।

घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पालिबाट प्रहरी नायब निरिक्षक राकेश कुमार ठाकुरको कमाण्डमा प्रहरी टोली खटिएर उद्दार कार्यमा जुटेका थिए । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →