Clean Water Campaign

Awareness Campaign

अबको लडाई विचार र प्रविधिको होः पुर्वमन्त्री श्रीपाली



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री दलजित श्रीपालीले दलित समुदाय माथिको विभेद, अन्याय अत्यचार विरुद्धको विचार र प्रविधि हतियार बनाईनु पर्ने धारणा राखेका छन।

शुक्रबार काठमाण्डौमा मोर्चा निकट आईटिसी फोरम केन्द्रीय समितको दोश्रो बैठकलाई प्रशिक्षण मन्तव्य दिदै नेता श्रीपालीले यस्तो धारणा राखेका हुन्। मोर्चा निकट आईसिटी फोरमलाई दक्ष जनशक्ति उत्पादन गरी देशैभर सक्रिय पार्न लागेको बताउँदै पुर्व युवा तथा खेलकुद विकास मन्त्री रहेका श्रीपालीले आईटिसी फोरमलाई दलित आन्दोलनको अग्रदस्ता बनाउन संगठन लागेको बताए।

उनले दलित समुदायलाई सुसुचित र जागरुक बनाउँदै संगठति गरेर दलित मुक्ती मोर्चा उनिहरुको हक अधिकारका लागि अभिभावकको भुमिका खेल्दै आएको र आगमी दिनमा पनि त्यही भुमिकामा रहने दावी गरे।

सिंचाई
Forest
Ad.

त्यस्तै केन्द्रिय महासचिव शंकर दुलालले दलित बिरुद्धा छरिदै आएको भ्रम चिर्न र हक अधिकारको आन्दोलनमा प्रविधी नै भरपर्दो हतियार रहेको भन्दै सामन्य दक्ष भएर मात्रै नपुग्ने अरु भन्दा तीन गुना दक्ष हुनु पर्ने जोड दिएका थिए। बैठकमा केन्द्रिय कोषाध्यक्ष सानुभाई मालभुल, आइसीटी नेपालका केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका इन्चार्ज दलबहादुर विश्वकर्मा (डिबी) ले पनि प्रशिक्षण मन्तव्य राखेका थिए।

आईसिटी नेपालका केन्द्रिय अध्यक्ष मानसिंह बिकको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ। दलित मुक्तिमोर्चा नेपाल केन्द्रीय समितिको पूर्ण बैठक गत असोज १४ गते आफु मातहतको आईसिटी नेपाल गठन गरेको थियो। माओवादी केन्द्रले प्रविधी पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ पार्टीका केन्द्रिय सदस्य तथा प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यको नेतृत्वमा आईसिटी नेपाल गठन गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →