Place for ads

Awareness

अर्घाखाँचीमा सडक दुर्घटनामा एकको मृत्यु



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी: बुधबार अर्घाखाँचीमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। सन्धिखर्कबाट कपिलवस्तु तर्फ जादै गरेको बसले सोही दिशाबाट आईरहेको मोटरसाइकललाई शितगङ्गा नगरपालिका-१४ को बठेनी करेचुली भन्ने स्थानमा ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तुको सुद्धोधन नगरपालिका-१ का २८ बर्षिय मियाज मुसलमानको ज्यान गएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक सिंह राठौरका अनुसार लु २ च ७९३२ नम्बरको जिपले लु ६ प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै गाडी सडक देखि तल खसेर मुसालमानको मृत्यु भएको थियो। घटनास्थलमा इप्रका ठाडाको टोलि पुगेर शव पोष्टमार्टमका लागि प्राथमिक उपचार केन्द्रमा ल्याइएको छ।

Get Vaccinated

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →