गुल्मी: बुधबार अर्घाखाँचीमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। सन्धिखर्कबाट कपिलवस्तु तर्फ जादै गरेको बसले सोही दिशाबाट आईरहेको मोटरसाइकललाई शितगङ्गा नगरपालिका-१४ को बठेनी करेचुली भन्ने स्थानमा ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तुको सुद्धोधन नगरपालिका-१ का २८ बर्षिय मियाज मुसलमानको ज्यान गएको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतीक सिंह राठौरका अनुसार लु २ च ७९३२ नम्बरको जिपले लु ६ प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै गाडी सडक देखि तल खसेर मुसालमानको मृत्यु भएको थियो। घटनास्थलमा इप्रका ठाडाको टोलि पुगेर शव पोष्टमार्टमका लागि प्राथमिक उपचार केन्द्रमा ल्याइएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




