Place for ads

Awareness

अमेरिका मदनपोखरा समाजद्वारा सारेमलाई तीन लाख मुष्ठिदान प्रदान



सुमित्रा कंडेल
१ महिना अगाडि


Place for ads

पाल्पा: अमेरिका मदनपोखरा समाजद्वारा सामुदायिक रेडियो मदनपोरा (सारेम) लाई करिब तीन लाख रुपैँया मुष्ठिदान सहयोग प्राप्त भएको छ। अमेरिका मदनपोखरा समाजले मदनपोखरामा जन्मभई अमेरिकामा बसोबास गरेका विभिन्न व्यक्तिहरूबाट संकलित रकम दुई लाख बयानब्बे हजार दुई सय बीस रुपैँया सारेमलाई पठाएको हो।

अमेरिका मदनपोखरा समाजले मनिग्राममार्फत् पठाएको अक्षरेपी दुई लाख बयानब्बे हजार दुई सय बीस रुपैँया आज राजेशकुमार अर्यालले सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसी र कार्यकारी निर्देशक गुणाकर अर्याललाई हस्तान्तरण गर्नुभयो। सारेम सञ्चालक समितिका अध्यक्ष झपेन्द्र जिसीले अमेरिकामा बसोबास गर्ने मदनपोखरेली दाजुभाइ दिदीबहिनीहरूले जन्मस्थान र रेडियोप्रतिको मायाले रजत महोत्सवका अवसरमा मुष्ठिदानमार्फ्त आर्थिक सहयोग उपलब्ध गराउनुभएकोमा सबैलाई आभार र धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “तन अमेरिकामा छ, मन नेपालमा छ । यो नै देशप्रतिको माया हो ।

Get Vaccinated

२०५५ सालमा मदनपोखरा स्थापित सामुदायिक रेडियो मदनपोखराले २५ वर्ष पूरा गरेको अवसरमा चैत्र २३ गते रजत महोत्सवको आयोजना गरेको छ । यो दक्षिण एशियाको पहिलो गाउँले सामुदायिक रेडियो हो । सारेमका कार्यकारी निर्देशक गुणाकर अर्यालले आफू विदेश भए तापनि स्वदेशको रेडियोप्रतिको चासो र चिन्ता लिनेहरू धन्यवादका पात्र हुन्, सबैलाई रेडियोको आशिर्वाद लागोस् भन्नुभयो।

सामुदायिक रेडियो मदनपोखराले स्थापनाकालिन समयमा स्वामित्व र सहभागिता विषयक अन्तकृया गर्ने क्रममा बन्दिपोखराका टुकलाल खातीले रेडियोको दिगोपनका लागि मुष्ठिदान चलाउनुपर्ने सुझाव दिनुभएको थियो । त्यसपछि रेडियोले समुदायबाट मुष्ठिदान र सामुदायिक वन उपभोक्ता समूहबाट दाउरादान अभियान सञ्चालन गर्दै आइरहेको छ । अमेरिका मदनपोखरा समाजका सुन्दर घिमिरेले गाउँमा बस्दा रेडियोलाई मुष्ठिदान दिएको मान्छेले विदेश बस्दा पनि संझना भइरहने र रजत महोत्सवको कार्यक्रम सुनेपछि मन त्यहीँ पुगेको बताउनुभयो । ‘अमेरिकामा बस्ने २३ जना मदनपोखराका व्यक्तिले तत्काल रकम पठाएका छौँ, अरु साथीहरूले पनि पठाउँदै जानुहुनेछ,’ घिमिरेले भन्नुभयो ।

अमेरिकाबाट मुष्ठिदानको रकम पठाउनेहरूमा विष्णु पाठक, शेषकान्त खनाल, नेत्र पाण्डे, डा गिरीराज घिमिरे, यादव खनाल, डा.सन्दीप पाण्डे, गणेशबहादुर भट्टराई, सुन्दर घिमिरे, गोविन्द घिमिरे, हरि बस्याल, भानुभक्त घिमिरे, खेमराज पाण्डे, वावुरामदेवकोटा, प्रमिना अर्याल, राधा भट्टराई, विनोद रेग्मी, विनोद भण्डारी, गीता जिसी, गोपाल जिसी, सपना पाठक, सुरज घिमिरे, नारायण अर्याल र युवराज खनाल रहनुभएको छ ।

सारेमको चैत्र २२ गते पुनर्मिलन कार्यक्रम र चैत्र २३ गते रजत महोत्सव समारोहको आयोजना गरेको छ। रजत महोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहेको कार्यकारी निर्देशक अर्यालले जानकारी दिनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →