Place for ads

Awareness

गुल्मीमा शिक्षाको ज्योति छर्ने पण्डित ऋषिरामलाई सम्मान (भिडियो सहित)



प्रेम सुनार
१ महिना अगाडि


       

Place for ads

गुल्मी: पश्चिम गुल्मीमा शिक्षाको ज्योति छर्ने स्वर्गीय पण्डित ऋषिराम उपाध्यायलाई मरणोप्रान्त सम्मान गरिएको छ। धुर्कोट गाउँपालिका-६, धुर्कोट रजस्थल घर भई वस्तु हटियामा विस १९८१ मा संस्कृत भाषा पाठशाला स्थापना गर्ने पण्डित उपाध्यायको शालिक अनावरण गरी सम्मान गरिएको हो। वस्तुको हिमालय माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सवको अवसरमा पण्डित उपाध्यायको सम्मान गरिएको हो।

स्वर्गीय उपाध्यायको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शालिक अनावरण गरेका हुन् ।

Get Vaccinated

स्वर्गीय पन्थीका ५ भाई छोरामध्ये एक मात्र जीवित काइला छोरा खिमराज पन्थी २०२९ सालमा बुटवलको सुख्खानगर बसाइँसराइ गरेका थिए । त्यो सालदेखि एक पटक पनि जन्म घर धुर्कोट नफर्किएको बताउने उनी अहिले ९३ वर्षको उमेरमा ५१ वर्षपछि बाबुको शालिक अनवरणका लागि जन्मगाउँ फर्किए । बुबाको सम्झनामा गाउँ फर्कन पाउँदा खुशीले गदगद भएको उनले सुनाए । उनले भने–‘त्यसबेला धुर्कोटमा पानीको साह्रै दुःख थियो । स्कुल पनि नभएर छोराछोरी पढाउन गाह्रो भई बसाइँसराइ गरेको हुँ । अहिले त सबै कुराको विकास भएछ , फेरी गाउँ फर्किऔं जस्तो लाग्यो ।

अनावरण कार्यक्रममा उनले धुर्कोटको विकासमा योगदान गरेकोमा गाउँपालिका अध्यक्ष पोखरेलको प्रशंसा गरे ।

अर्घाखाँची भलडाँडा पुख्र्यौली घर भएकी छोरी रामकुमारी पन्थी पोखरेल, ज्वाई दामोदर पोखरेल र काठमाडौंको बुढानिलकण्ठ चपलीस्थित युवराज पन्थी माधव स्मृति प्रतिष्ठानले स्वर्गीय पन्थीको भारतमा पुगेर शलिक निर्माण गरेका थिए । पन्थी परिवारको तर्फबाट प्रतिष्ठानका अध्यक्ष डाक्टर रामराज पन्थीले मन्तब्य राखे । उनले शिक्षाको ज्योति छर्ने समाजसेवीको सम्मानमा शालिक राख्न पाउँदा खुशी लागेको बताए ।

उनकी छोरी ज्वाई तथा प्रतिष्ठानले स्वर्गीय पन्थीको स्मृतिमा त्यस हिमालय माविको शैक्षिक विकासका लागि पाँच लाख रुपैया चन्दा दान समेत गरेका छन् । उक्त पाँच लाख रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

Awareness by SKF

स्थानीय पाठ्यक्रममा पन्थीको जीवनी

धुर्कोट गाउँपालिकाले कक्षा ३ सम्म हाम्रो धुर्काेट नामक स्थानीय पाठ्यक्रम लागु गरिएकोछ । सरकारी संस्कृति पाठशालाका संस्थापकका रुपमा स्वर्गीय पन्थीको जीवनी राखिएको छ । जसमा विक्रम संम्वत १९५२ अशाढ महिनामा धुर्कोटरजस्थल पण्डित टोलमा पिता श्रीकृष्ण उपाध्याय पन्थी र माता यदुकुमारी पन्थीको कोखबाट पन्थीको जन्म भएको उल्लेख छ । उनकी धर्मपत्नीको नाम बागमति पन्थी रहेको छ ।

२०२९ साल कार्तिक महिनामा उनको निधन भएको उल्लेख छ । सांस्कृति भाषा शिक्षकका रुपमा नियुक्ती लिई विसं १९७२ देखि ११९८० सम्म बाग्लुङ्घको सांस्कृति पाठशालामा १० वर्षसम्म प्रधानाध्यापक रहेको र त्यसपछि १९८१ मा बस्तु हटियाको पाठशालामा प्रधानाध्यापक रहेको उल्लेख छ । त्यसो त गुल्मी जिल्लामा पहिलो पटक शिक्षाको ज्योति छर्न पनि रिडीको सांस्कृतिक भाषा पाठशाला शिक्षा दिन पनि उनकै जेठा दाजु रोमहर्ष भनेर सम्बोधन गरिने ढुण्डिराज पन्थी रहेको उल्लेख छ । १९६४ सालतिर रिडीमा सांस्कृति भाषा पाठशाला सुरु भएको उल्लेख छ । उनीहरुपछि हटियाको पाठशालामा उमानाथ पन्थी, भोजराज पन्थी र नरेन्द्र पन्थीले अहिलेसम्म पढाई रहेको बताइन्छ । वस्तुस्थित हिमालय माविका प्रधानध्यापक कृष्णप्रसाद भण्डारीले भने–‘धुर्कोट गाउँपालिकाले यहाँको राजनैतिक र शैक्षिक क्षेत्रमा योगदान पुराएका यस्तो व्यक्तिलाई खोजी गरेर सम्मान गर्नु भनेको सह्रानीय पक्ष हो ।’

धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेले भने–‘अहिले जस्तो शिक्षा, स्वास्थ्य, मोटरबाटो खाने पानी यहाँ भई दिएको भए उहाँहरु बसाइँसराइ गरेर जानु हुन्थ्यो । उहाँहरुले भन्नु भयो त्यही समस्याले हामी बसाइँसराइ गरेका हौं । आज ५१ वर्षपछि उहाँहरु गाउँ फर्केर हेर्दा परिवर्तनको महसुस गर्नु भयो । अब हामी यहाँबाट बसाइँसराइ गर्नेहरुलाई यसरी नै धुर्काेटमा भित्राउने छौं र यतै फर्काउने प्रयासमा जुटेका छौँ र जुटिनै रहने छौं ।’

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →