Place for ads

Awareness

पाल्पामा युवती हत्या घटनाः शव उठाईयो, दुई जना शंकाको घेरामा



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी: मंगलबार दिउँसो पाल्पाको रिब्दिकोट गाउँपालिका-१ को ख्याहामा हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ। त्यस्तै हत्या घटनाबारे सोधपुछका लागि दुई जना पुरुषहरुलाई दुई जना पुरुषलाई प्रहरीले सदरमुकाम तानसेन तर्फ लगेको छ।

सोही वडा ख्याहा कराङदीकी १९ बर्षीया युवती पद्मा सुनार धारिलो हतियारले घाँटी रेटिएको र शरिरका विभिन्न भागमा पनि चोट लागेर विभत्स अवस्थामा मृत फेला परेकी थिईन।

Get Vaccinated

मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन भनि गएकी पद्मा साँझ अवेर सम्म घर नआए पछि परिवारले खोज्दै जाँदा त्यो अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए। हिजो राती भएका कारण शव उठाउने प्रकृया नै सुरु भएन ।

आज भैरहवाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिाकएर अनुसन्धान गरियो । कुकुरहरु शंकास्पद घर तर्फ लागे त्यस वडाका वडाध्यक्ष चिरञ्जीवि पोखरेलले भने प्रहरीले दुई जना मानिस समातेर ल्याएको छ । पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले ती दुई जनालाई सोधपुछका लागि ल्याईएको पुष्टि गरे ।

स्थानीयका अनुसार शवको प्रकृति हेदा बलात्कारका क्रममा उनले प्रतिकार गर्न खोज्दा उनको कुनै हिंसक पुरुषले निर्ममता पुर्वक हत्या गरेको हुन सक्छ । उनको घाँट रेटिनुका साथै औला समेत काटिएको प्रत्यक्षदशी बताउँछन । उनि स्थानीय शारदा माध्यामिक बिद्यालय कक्षा १२ मा पढ्दै थिईन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →