Salime Malika Krishi Farm

Awareness Campaign

होली प्रतिको रौनक कम हुँदै, पुराना पुस्ता निराश



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुणवती के.सी, पाल्पा: नेपालीहरूका विभिन्न चाडपर्व मध्ये बर्षको अन्तिममा मनाइने फागु पर्व पनि एक हो ।

एकापसमा अविर लगायत विभिन्न रंगहरू दलेर, आपसी सदभाव कायम राख्दै कृष्ण चरित्र, रामायण, शिव महिमा, भगवानका विभिन्न अवतार, दुर्गा भवानीको गाथा आदि समेटेर फागु गीत र नांचका माध्ययमबाट फागु पर्व मनाइन्छ ।

पौराणिक कथन अनुसार अधर्मी दुशासक हिरण्य कश्यपुकी बहिनी होलीकाको यज्ञकुण्डको अग्निमा दहन भइ नाश भएको दिनलाइ स्मरण गर्दै सत्य र धर्मको पक्षमा होलि पर्व मनाउन थालिएको हो ।

सिंचाई
Forest
Ad.

फागु पूर्णिमाको केही दिन अगाडि देखि नै गाउं गाउंमा टेम्की, ढोलक, मुजुरा सहितको गीतको जोशिलो गीत गुन्जिन्थे ।

ट्याम्की ढ्यांग, ढ्यांग , ट्याम्की ढ्यांग, ढ्यांग सहितको आवाज सुनेपछि सर्वसाधारणलाइ पनि फागु पूर्णिमा आयो भन्ने जानकारी हुन्थ्यो ।

तर हिजो आज फागुपूर्णिमाकै दिनमा पनि तानसेन बजार आसपासका गाउंघरमा न त कतै टेम्की र ढोलक बजे न त केटाकेटीहरू घरघरमा फागु खेल्न आए ।

केही बर्षयता फागु पूर्णिमा पनि हो कि होइन जस्तो लाग्ने गरि गाउं शुन्य भएको बन्दिपोखरा बांझाका जेष्ठ नागरिक ताराबहादुर खातीले बताउनु भयो । फागु पर्वको संस्कार र संस्कृति बारे जानकारी हासिल गरेका पुराना पुस्ता अस्ताउंदै गएका र नयां पुस्तालाइ खासै चासो नभएको बरू मोबाइल हेर्नमै व्यस्त रहेको अर्का जेष्ठ नागरिक चन्द्रकला गोदारले बताउनु भयो ।

Awareness by SKF

फागु पूर्णिमाकै बेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बार्षिक परीक्षा तथा एसइइ परीक्षा परेकोले पनि विद्यार्थीहरूको होली प्रतिको रौनक कम भएको स्थानीय यादव घिमिरेले बताउनु भयो ।

आफु युवा हुंदा फागुमा रंगदलेर जति सक्दो नाचगान गरि रमाइलो गरेको स्मरण गर्दै, अहिले आफुले नसक्ने अवस्थामा, नयां पुस्ताले खासै चासो नराखेको गुनासो गर्नुभयो ।

यहि पाराले निरन्तरता पाउने हो भने फागु पर्वको पहिचान लोप हुन सक्ने हुंदा यस्ता खालका पौराणिक पर्व, फागु गीत नांच लगायतका कला संस्कृतिको जगेर्ना गर्दै नयां पुस्तामा हस्तान्तरण गर्न सरकारी तवरबाट योजनावध्द रूपमा लाग्नुपर्ने फागुका जानकार तानसेन ११ का स्थानिय धन बहादुर राना बताउनुहुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो