Salime Malika Krishi Farm

Awareness Campaign

कमल राष्ट्रिय सुकर्म पुरस्कार डा. रचेललाई



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले २०८० सालको ” कमल राष्ट्रिय सुकर्म पुरस्कार नगद रू. ५१ हजार युनाइटेड मिसन अस्पताल ,पाल्पाकी प्रमुख डा. रचेल कारखलाई प्रदान गरेको छ। पाल्पाको तानसेनमा आयोजित पुरस्कार समर्पण कार्यक्रममा प्रमुख अतिथि अग्रज लेखक साहित्यकार झपेन्द्र बहादुर जि.सी.द्वारा पुरस्कार समर्पण गरियो ।

पुरस्कार समर्पण पछि सम्वोधनको क्रममा प्रमुख अतिथि जि.सी,ले ” ” भन्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । बिशिस्ट अतिथिको रूपमा बोल्दै प्रतिष्ठानका संरक्षक एवं पुरस्कारदाता प्रकाश राज रेग्मीले ,” पिताजी कमल राज रेग्मीले गरेको राजनीति सामाजिक र साहित्य सेवालाई चिरस्थायी बनाउन यो पुरस्कार स्थापना गरेको , ममतामयी माता विमला रेग्मी नर्स समेत रहेकोले स्मृतिमा नर्सिङ पुरस्कार र विधार्थीहरूलाई छात्रवृत्ति दिएको , आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ ” भनी बताउनु भयो ।

पाल्पाका अगुवा राजनीतिज्ञ एवं दार्शनिक साहित्यकार स्व. कमल राज रेग्मीको स्मृतिमा सुपुत्र प्रा.डा. प्रकाश राज रेग्मीद्वारा स्थापित कमल राज रेग्मी बर्ष पुरस्कारद्वारा साहित्यकार झपेन्द्र बहादुर जि.सी. , बैधराज बिश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक मान सिंह र शिक्षाविद बुद्धिप्रसाद शर्मा ससम्मान पुरस्कृत भइसक्नु भएको छ भने यस बर्षदेखि नाम रूपान्तर गरी ” कमल राष्ट्रिय सुकर्म पुरस्कार ” प्रदान गरिएको हो।

सिंचाई
Forest
Ad.

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानमा शिक्षा स्वास्थ्य साहित्य र स्वयंसेवाका क्षेत्रमा गरि १० वटा पुरस्कार , सम्मानहरू स्थापना भएका छन् । यी पुरस्कारहरू प्रतिष्ठानले हरेक बर्ष मंसिर पूर्णिमाको सेरोफेरो वार्षिक दिवसको अवसरमा प्रदान गर्दै आइरहेको छ भने राजनीतिज्ञ साहित्यकार कमल राज रेग्मीको नाममा स्थापित पुरस्कार विभिन्न अवसर पारेर विगत ६ वर्षदेखि प्रदान गर्दै आइरहेको छ । यसै गरि स्थापनाकालदेखिनै विमला रेग्मी स्वास्थ सेवा पुरस्कारद्वारा उत्कृष्ट नर्सलाई पुरस्कृत गर्दै आएको छ । यसका साथै विमला कमल चार बर्षे शैक्षिक छात्रवृत्तिद्वारा विधालय र कलेजका गरी डेढ दर्जन विधार्थीहरू लाभान्वित भएका छन।

कार्यक्रममा प्रतिष्ठानका सदस्य भोजराज भट्टराईद्वारा पुरस्कृत व्यक्तितब छनौट प्रक्रिया र डा. रचेल कारखमाथि प्रकाश पारिएको थियोे भने साहित्यकार रामप्रसाद अर्यालले स्व. कमल राज रेग्मीको योगदान र सदावहार कमलको सुवास कृति माथि चर्चा गर्नुका साथै साहित्यकार कमल खत्रीद्वारा स्व. विमला रेग्मीको योगदान र आमाका अविस्मरणीय अतित र म कृति माथि प्रकाश पारिएको थियो।

पुरस्कृत भएपछि बोल्ने क्रममा डा. कारखले,” विदेशी नागरिक आफूलाई योगदानको आधारमा पुरस्कृत गरेकोमा आभार सहित हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ” कार्यक्रममा नेपाल पत्रकार महासंघका उपसभापति भरत शर्मा , तानपा ८ का वडा अध्यक्ष साहित्यकार सोमनाथ अर्याल , मिसन अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराई द्वारा सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन, प्रतिष्ठानलाई उत्तरोत्तर प्रगतिको शुभकामना र स्व कमल राज रेग्मी प्रति हार्दिक शव्द श्रद्धाञ्जली व्यक्त गरिएको थियोे । प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीको अध्यक्षता र उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागतमा आयोजित कार्यक्रमको

संचालन प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियोे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो