Place for ads

Awareness

जनजागृती मा.वि. मुसिकोटको अध्यक्षमा थापा सर्वसम्मत



प्रेम सुनार
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-३, चौरमा रहेको जनजागृती माविको विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ। बिहिबार त्यस विद्यालयमा आयोजित अभिभावकहरुको भेलाले खुमबहादुर थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको हो।

पुर्व अध्यक्ष समेत रहेका थापाको नेतृत्वमा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको शिक्षक प्रकाश क्षेत्रीले  जानकारी दिनु भयो।

Get Vaccinated

सोही भेलाले टीका बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको उहाँले बताउनु भयो।

पुनर्गठनका लागि पृथ्वी मा वि, मैदानका सहायक प्रधानाध्यापक टीका घर्तीले सहजकर्ताका हैसियतले समिति घोषणा गर्नु भएको थियो। त्यस्तै संस्थापक अध्यक्ष दुर्गा बहादुर सुर्यवंशीको अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएको छ।

कार्यक्रमा संस्थापक अध्यक्ष सुर्यवंशी, शिक्षकलाई अभिभावक संघका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर सुर्यवंशी, अभिभावक संघका संस्थापक अध्यक्षता कृष्ण बहादुर सुर्यवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए। सो अवसरमा अभिभावक संघका संस्थापक अध्यक्ष सुर्यवंशीले जुनियर युवा रेडक्रस सोसाइटीको अक्षय कोष स्थापनाका लागि पुर्व घोषित ५ हजार राशि रकम हस्तान्तरण गर्नु भएको थियो।

Awareness by SKF

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेम बहादुर खड्काथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक रामप्रसाद आचार्यको स्वागत मन्तव्य र शिक्षक बालकृष्ण रिजालको संचालन रहेको थियोे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →