गुल्मी: गुल्मीका चर्चित गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट लोक गायकको अवार्ड हाता पारेका छन। काठमाण्डौ स्थित विन्दवासिनी म्युजिक अवार्डको १४ औं संंस्करणका अवसरमा गायक चन्दलाई सर्वोत्कृष्ट लोक गायकका रुपमा १४ औँ म्युजिक अर्वाड प्रदान गरिएको हो।
मुक्तिनाथ विकास बैंक प्रायोजनमा आयोजित भव्य समारोहमा गायक चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीतका कारण अवार्ड चुम्ने अवसर पाएका हुन्।
गुल्मीको मदाने गाउँपालिका-१, अग्लुङ निवासी चन्द पाल्पामा रेडियोकर्मीका रुपमा उदाएर गायन क्षेत्रमा प्रवेश गरेका थिए। चन्दले पहिलो गीत ‘माया साह्रै छ’ २०६३ सालमा बजारमा ल्याएका थिए। त्यस यता अनवरत सांगीतिक क्षेत्रमा जमेका उनि बिकाउ गायकहरु मध्येका एक मानिन्छन।
ग्रामिण भेगको मौलिकता टपक्क टिप्ने चन्दलाई स्थानीय भाषा संस्कृती, गीत संगीत मार्फत संरक्षण प्रवर्द्धन गरी नेपाली लोक दोहरी गीतको क्षेत्रमा योगदान पुर्याए बापत विन्दवासिनी १४ औं म्युजिक अवार्ड २०८० ले सर्वोत्कृष्ट लोक गायकका रुपमा सम्मान गरिएको आयोजकले जनाएका छन।
हाल सम्म दुई सय बढि गीत बजारमा ल्याएका चन्दका यस अघिका चरी रुखैमा, भिरमा रुँदै छु, अब देखि एक्लै हुम्ला म, भुल्दै भुल्दै जानु, आमा, अँध्यरो, तीन फुर्के डोरी , फुल फुल्यो केशरी, मेची महाकाली लगायतका गीतहरु चर्चामा छन। गुल्मीको शान बोलको गीत गुल्मेलीहरुको सधैँ साँच्ने सम्पत्ति बनेको छ र पुस्तौं सम्म कालजयी हुने बनेको छ।
दुर्भाग्य मन मिल्ने बेला सम्म एकले अर्कोलाई दिलै देखि सत्कार नत्र बलात्कार जस्ता मुद्दाहरुले थुप्रै पुरुषको जिन्दगी बर्बाद भएको छ। यस्तै घटनालाई जीवन्त रुपमा शब्द भरेका छन घाँटी रेट्नलाई बोलको गीतमा चर्चित लोक गायक रामचन्द्र चन्दले। कर्णप्रिय स्वरका धनी चन्दले साङ्गीतिक कर्मका अलावा अध्ययनलाई समेत अगाडी बढाई त्रिभुवन विश्वविद्यालयबाट समाज शास्त्रमा स्नातक गरेका छन।
ओझेलका खबर डटकम संग कुरा गर्दै उनले भने, ‘मैले हाल सम्म गरेको साङ्घेतिक कर्मको मुल्याङ्कन गरियो भन्ने मैले महसुस गरेको छु। मेरो घाँटी रेट्नलाई बोलको गीत आफै बोल्छ। पछिल्लो चरण माया प्रेममा नैतिकता र विश्वासको खडेरी परेको छ। त्यसले पार्न गएको असर र पीडा त्यस गीतमा छ। यसरी नोमिनेशनमा पर्ला भनेर त सोचेको थिएन।’
यस गीतको लयमा जति भावुकता छ शब्दहरु पनि त्यति कै मार्मिक छन्। गुल्मीको अग्लुङ घर भएका गायक चन्दलाई माया प्रेमको ढोंग रच्दै क्षणिक स्वार्थपुति गरेर छाड्ने पुरुषबाट पिडित युवतीहरुको जीवन भोगाईलाई समेत आत्मसात गर्ने यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले साथ दिएकी छन।
सो अवसरमा वरिष्ठ गायिका मिरा राणालाई लाईफटाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो। त्यस्तै चर्चित गायिका जुना श्रीस मगर उत्कृष्ट गायिकाका रुपमा पुरस्कृत भएकी थिईन। अन्य थुप्रै गायक गायिकाहरु पनि विभिन्न विधामा पुरस्कृत भएका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |