Smoking Causes Cancer

गुल्मी इन्द्रेगौडामा पुरुष भलिबल प्रतियोगिताको तैयारी तिव्र



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नं.-५ इन्द्रेगौंडामा कृयाशिल गतिशील युवा क्लबद्वारा संचालन हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल तथा विविध सांस्कृतिक कार्यक्रम-२०८० लक्षित तैयारी तिब्र पारिएको छ।

फागु पुर्णिामा (होली) को अवसर पारेर चैत १०,११ र १२ गते गरि ३ दिन सन्चालन हुने कार्यक्रममा भलिबल खेल तर्फ प्रथम पुरस्कार नगद रु. ३० हजार कप,मेडल र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु. २० हजार कप,मेडल र प्रमाण-पत्र र सान्त्वना दुई टिमलाई क्रमश ५/५ हजार र विधागत पुरस्कार (उत्कृष्ट र अनुशासन खेलाडी) रहेको गतिशील युवा क्लबका अध्यक्ष चेतनारायण अर्यालले अमलाबोट अन्लाईनलाई जानकारी दिनुभयो।

त्यसै गरि खुल्ला रेकर्ड डान्स प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु ५ हजार र प्रमाण-पत्र, द्वितीय पुरस्कार नगद रु.३ हजार र प्रमाण-पत्र र तृतीय पुरस्कार नगद रु एक हजार र प्रमाण-पत्र रहने कुरा सोहि क्लबकि सदस्य तथा सांस्कृतिक कार्यक्रम संयोजक पुजा सुनारले बताउनु भयो।

सिंचाई
Forest
Ad.

वि.स. २०५६ सालमा स्थापना भएको क्लब करिब १० वर्ष देखि निष्क्रिय रहेपनि अब उपरान्त सामाजिक तथा सांस्कृतिक कार्यमा सकृय रहि दिगान्त बनाउन आवस्यक रहेको कुरा क्लबका सचिव आकाश खरेलले बताउनु भयो।सचिव खरेलले सबैको साथ सहयोग तथा सल्लाह सुझाब निरन्तर भैरहयो भने छिटै सिङ्गो मुसिकोट कै मुहार फेर्न सकिने कुरामा जोड दिदै कार्यक्रम सफल बनाउन मुसिकोटबासि सबैलाइ सहयोग गर्न आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो