Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिका स्वास्थ्यमा फड्को मार्दै, प्रत्येक महिना सबै वडामा घुम्टी स्वास्थ्य शिविर संचालन गर्ने



वसन्त अधिकारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका गुल्मीले प्रत्येक महिना सबै वडामा घुम्टी स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।हरेक महिना सबै वडामा २/२ दिन घुम्टि स्वास्थ्य शिविर गर्ने नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

फाल्गुण २९ गते मुसिकोट नगरपालिकाद्वारा प्रकाशित सुचनामा प्रत्येक महिनाको १ र १५ गते मुसिकोट १ को सिम्ले हेल्थ हट, २ र १६ गते मुसिकोट २ को रात्चौर हेल्थ हट, ४ र १८ गते मुसिकोट ३ को भराह हेल्थ हट, ५ र १९ गते क्रमस मुसिकोट ४ बल्लेघाट हेल्थ हट र थजाङ हेल्थ हट, ६ र २० गते मुसिकोट ५ खर्वाङ, ८ र २४ गते क्रमस मुसिकोट ६ कुर्घा हेल्थ हट र स्वारा हेल्थ हट, ९ र १३ गते मुसिकोट ८ मालारानी हेल्थ हट साथै १२ र १५ गते मुसिकोट ९ ददल्का हेल्थ हटमा घुम्टी स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिईएको छ ।

नागरिकहरुलाई स्वास्थ्यको पहुँचबाट अझ नजिक बनाउन प्रत्येक वडामा स्वास्थ्य शिविर गर्न लागिएको जसमा समन्धित वडामा रहेका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरु र नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मीहरुले सेवाग्राहीको चेकजाँच तथा स्वास्थ्य परामर्श प्रदान गर्ने नगर स्वास्थ्य शाखा प्रमुख डि. बि. जि. सी. ले बताउनु भयो ।

सिंचाई
Forest
Ad.

प्रत्येक वडामा भएका स्वास्थ्य चौकीबाट हरेक दिन निशुल्क उपचार र परामर्श साथै आवश्यक औषधि वितरण भैरहेको तर क्षेत्रका हिसाबले स्वास्थ्यचौकीसम्म आउन अप्ठ्यारो हुने नागरिकलाई घुम्टी स्वास्थ्य शिविरले लाभ दिने लक्ष्यका साथ संचालन गरिएको जनस्वास्थ्य निरीक्षक पुष्कर गौतम बताउनु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो