गुल्मी: गुल्मीको रेसुङ्गा धार्मिक क्षेत्रको वनमा अहिले साझ देखि भिषण आगो लागि भएको छ ।
उर्लेनी माथी बाट सुरु भएको आगोलागी माथी नेपाल टेलिकम तल सम्म पुगेको देख्न सकिन्छ । निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले नियन्त्रणका लागि प्रहरी टोलि खटिएको जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले आफुले माथी सेनाको टोलिलाई समेत नियन्त्रणका लागि जान भनेको बताउनु भयो । आगो नियन्त्रणमा सर्वसाधारण नागरिक पनि बर्षेनी जुट्ने गरेका छ्न । विभिन्न सामाजिक संजालमा प्रयोगकर्ताले सर्वसाधारणलाई पनि जुट्न आग्रह गरेका छन ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |