Place for ads

Awareness

डेढ महिनासम्म पनि मुसिकोटले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको नतिजा सार्वजनिक गर्न सकेन



सागर भण्डारी
२ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन भएको डेढ महिनासम्म पनि नजिता सार्वजनिक गर्न सकेको छैन ।

नगर खेलकुद विकास समितिको आयोजनामा गत माघ ८, ९ र १० गते वडा नं ४ स्थित ग्वादिकाचौर खेल मैदानमा रनिङ शिल्ड प्रतियोगीता सञ्चालन भएको थियो । नगरभित्रका १६ वटा विद्यालयबाट प्रतियोगीतामा विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगीता सञ्चालनकै क्रममा दोश्रो दिन नै फर्जी विद्यार्थीको उजुरी पछि विवादकैबीच खेल सञ्चालन गरिएको थियो ।

Get Vaccinated

वडा नं ६ स्थित त्रिभुवन माध्यमिक विद्यालयले विभिन्न खेलमा सहभागी गराएको ३ खेलाडी फर्जी रहेको भन्दै महेन्द्र नमुना माध्यमिक विद्यालम मुसिकोट ७ वामीटक्सारले उजुरी दिएको थियो । उत्पन्न विवादले माघ १० गते कार्यक्रम सम्पन्न हुन सकेको थिएन ।

खेलमा विवाद आएपछि समाधानका लागि नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीको अध्यक्षतामा सम्बन्धित २ वटा वडाका वडाध्यक्षहरु सम्मिलित समिति निर्माण भएको थियो । तर दुबै वडाका वडाध्यक्षहरुले आ-आफ्नो अडान नछाडेपछि निर्देशिकामा भएको व्यवस्था बमोजिम विवाद समाधान गर्न नगरप्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको शिक्षा अधिकृत प्रकाश नेपालीले जानकारी दिनुभयो । उक्त कार्यदलमा नगरउप्रमुख र प्रमुख प्रशाशकीय अधिकृत सदस्य हुनुहुन्छ ।

समितिले निर्देशिकामा स्पष्ट व्यवस्था भएका विषयहरु समेत कार्यान्वयन गर्न नसक्दा प्रतियोगीताको नजिता प्रकाशन हुन सकेको छैन् । यद्यपी नगरपालिकाले विवादित र उजुरी परेका खेलाडीहरु सहभागी खेलहरु बाहेक अन्य खेलमा सहभागी विद्यार्थीहरुलाई माघ २३ गते एक कार्यक्रमकाबीच ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भने गरेको छ ।

प्रतियोगीतामा विवाद सिर्जना भएपश्चात नगरपालिकाले प्राप्त पदक र अंकका आधारमा उत्कृष्ट विद्यालयलाई प्रथम, द्धितिय र तृतीय घोषणा गरी उत्कृष्ट विद्यालयले शील्ड प्राप्त गर्ने नियम भएपनि खेलमा सहभागी विद्यार्थीहरुलाई मात्रै पुरस्कृत गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

Awareness by SKF

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन निर्देशिका २०७० मा भएको व्यवस्था बमोजिम प्रतियोगीता आयोजना, सञ्चालन तथा समन्वय गर्न सम्बन्धित स्थानीय तहको संयोजकत्वमा राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समिति गठन हुने व्यवस्था छ ।

मुसिकोट नगर खेलकुद विकास समितिका पूर्व अध्यक्ष विमल छन्तेलले राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशक समितिको काम कर्तव्य र अधिकारको दफा ४ (ञ) मा प्रतियोगिता सम्बन्धी विवाद समाधान गर्ने र निर्देशिकाको दफा १८ (ख) मा फर्जी खेलाडीको बारेमा स्पष्ट व्यवस्था भएकाले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको नतिजा सार्वजनिक नभएको विषयमा सार्वजनिक सुनुवाईमा पत्रकार रामकृष्ण कंडेलले प्रश्न उठाउनुभएको थियो ।

निर्देशक समितिको संयोजक समेत रहनुभएका नगरप्रमुख जीवन खरेलले खेल क्षेत्र स्वस्थ्य होस् भनेर कार्यदलले गम्भिर रुपमा अनुसन्धान थालेको भन्दै ३/४ हप्ताभित्र नतिजा प्रकाशन हुने बताउनुभयो । उहाँले उजुरी परेका खेलाडी बाहेकका अन्य खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगीतामा समेत छनोट गरेर पठाईएको र जिल्ला प्रथम भएर आएको भन्दै अन्य विवादित खेलाडी र विद्यालयका बारेमा सुक्ष्म रुपमा थालिएको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुभयो ।

COVID-19

जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता भने मुसिकोट नगरपालिकाले कब्जा गरेको थियो । मुसिकोट नगरपालिकाले लगातार तीन बर्ष जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्राप्त गरेको हो ।

मुसिकोटले १७ स्वणर्, २० रजत र २३ कास्य गरेर ६० पदकसहित प्रथम भएको थियो । उक्त प्रतियोगीतामा लगातार तीन पटक प्रथम भई शिल्ड जितेको खुसीयालीमा नगरपालिकाले विजयोत्सव सहित सहभागी खेलाडीहरुलाई नगद सहित सम्मान गरेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो