Smoking Causes Cancer

चन्द्रकोट दलित उत्थान समाजको अध्यक्षमा बोहरा



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकामा कृयाशिला श्री चन्द्रकोट दलित उत्थान समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले श्याम बहादुर बोहरालाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।

त्यस्तै उपाध्यक्षमा मीन बहादुर नेपाली, सचिव छत्र बहादुर बोहाेरा, सह-सचिव ममता नेपाली, काेषाध्यक्ष बालकृष्ण सुनार निर्वाचित भएका छन।

सदस्यहरुमा क्रमशः डिल बहादुर विक, नर बहादुर विक, टीका बहादुर नेपाली, मनिराम रम्तेल, कुमारी विटालु, कुमार सार्की , दिपक सुनार, झक बहादुर नेपाली र तिर्ख बहादुर सार्कीलाई चयन भएका छन। शनिबार चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले उद्घाटन गरेका थिए।

सिंचाई
Forest
Ad.

अधिवेशनलाई सो पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी लगायतले सम्बोधन गरेका थिए। अधिवेशन सङ्गै जिल्लामा आधिकारिक रुपमा दलित समुदाय संगठित हुने चन्द्रकोट पहिलो पालिका बनेको छ। उनिहरुलाई संगठित गर्दै हक अधिकार दिलाउन र उत्थानका कार्यक्रम अगाडि सार्न सोही पालिकाले नै गत बर्ष देखि पहल गरेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →