Awareness

Get Vaccinated

समाजसेवी रिगल वैजूद्वारा त्रिभुवन मावि कुर्घामा शैक्षिक सामाग्री वितरण



सागर भण्डारी
५ महिना अगाडि


Place for ads

गुल्मी: समाजसेवी रिगल वैजूले मुसिकोट नगरपालिका वडा नं-६ कुर्घा भुवाचिदीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।

जिटिभि नेपाल अनलाईन सुचना केन्द्र मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीको पहलमा मंगलबार विद्यालयमै पुगेर वैजूले उक्त विद्यालयमा अध्ययनरत १० जना जेहेन्दार तथा विपन्न विद्यार्थीहरुका लागि झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

पाल्पाको तानसेन नगरपालिका ३ भगवतीटोल स्थायी घर भई हाल वैदेशिक रोजगारीका क्रममा लण्डनमा रहनुहुने वैजूले देशका विभिन्न ठाउँमा रहेका असहाय, अशक्त र विपन्न नागरिकहरुलाई सहयोग गर्नुका साथै अभिभावक विहिन बालबालिकाहरुलाई निःशुल्क अध्ययनमा सहयोग गर्दै आउनुभएको छ ।

सो अवसरमा बोल्दै सहयोगीदाता वैजूले आफुले कमाएको केही अंश विद्यार्थीहरुको अध्ययनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्काले शैक्षिक सामाग्रीहरु निःशुल्क रुपमा पाएपछि न्युन आर्थिक अवस्था भएका परिवारका नानीहरुलाई पढाईमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा लाग्न आग्रह गर्नुभयो ।

विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरुको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुग्ने प्रधानाध्यापक जित बहादुर रायमाझीले बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा अधिकांश विपन्न र जनजाति विद्यार्थीहरु अध्ययन गर्ने भएकाले उनीहरुको अध्ययनका लागि निकै कठिनाई हुने गरेको उहाँको भनाई थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमका समन्वयकर्ता जिटिभिका अध्यक्ष दिपक नेपालीले समाजसेवी वैजूले आफुले गरेको आग्रहलाई स्वीकार गरि विद्यालयमा अध्ययनरत केही विद्यार्थीहरुका लागि थोरै भएपनि शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । त्यस्तै उहाँले समाजसेवी वैजूले विशेषगरी शिक्षा क्षेत्रमा थुप्रै ठाउँमा अभिभावकविहिन बालबालिकाहरु र विद्यालय पहुँच बाहिर रहेका बालबालिकाहरुलाई निःशुल्क अध्ययनका लागि सहयोग पुर्याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा जिटिभि नेपालका व्यवस्थापक प्रकाश घिमिरे, सम्पादक सागर भण्डारी, नव खबर अनलाईनका व्यवस्थापक भुवन काफ्ले, विद्यालयमा अध्यापनरत शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुकदेव रिजालले गर्नुभएको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो