Place for ads

Awareness

पहिलो पटक चुदरीगाउँ दाम्का दलित वस्तीमा बाटो पुग्दै



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

गुल्मी: दलित समुदाय जनप्रतिनिधि भएको झण्डै ५० बर्ष पछि गुल्मीको मुसिकोट नगरपालिका-३ स्थित दलित वस्तीमा मोटर बाटो ख्न्ने कार्य सुरु भएको छ। लुम्बिनी प्रदेश सरकारको स्थानीयतह वित्त हस्तान्तरण कार्यक्रम अन्तर्गत रु. १० लाख विनियोजित भई चुदरी गाउँ दाम्का मोटर बाटो खन्न सुरु गरिएको हो।

मोटरबाटाको स्थानीय ८० बर्षिय वयोवृद्ध ताराबहादुर सुनारको हातबाट शिलान्यास गराईएको थियो। मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवन र वडा नम्बर ३ का वडाध्यक्ष शंकरबहादुर रायमाझीबाट शिलान्यास गर्ने कार्यक्रम राखिएको भए पनि शुक्रबार कार्यपालिका बैठक भएकोले उपस्थित हुन नसकेका कारण वयोवृद्ध सुनारद्वारा शिलान्यास गराईएको थियो।

Get Vaccinated

कार्यक्रमका विशेष अतिथी माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य खुम बहादुर थापाले यस दलित बस्तीबाट पञ्चायतकालमा झण्डै ५० बर्ष अघि देखि चन्द्रबहादुर सुनार र गोमबहादुर सुनार जनप्रतिनिधि रहेको, संघिय लोकतान्त्रिक गणतन्त्र आएको झण्डै १७ बर्ष हुँदा पनि चुदरीगाउँ दाम्का मोटरबाटो बन्नु त परै जाओस् पशु चौपाया हिडाल्ने निकास समेत नभएकोमा अहिले आएर मोटरबाटो नै खुल्न सुरु गर्नु भनेको यस वस्तीका लागि गणतन्त्र उपहार भएको धारणा राखेका थिए।

नेता थापाले जेसिभी अपरेटरलाई अबिर टिकाले स्वागत गरेका थिए। पहिलो पटक आफ्नो गाउँमा मोटरबाटो खन्न जेसिभी प्रवेश गरे पछि चुदरीगाउँ दाम्का र ठुलापोखरावासी समेत निकै हर्षित देखिन्थे। मोटरबाटो निर्माणमा उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर खड्कथोकी, उपाध्यक्ष मङ्गल सुनार, सचिव बलवीर सुनार, कोषाध्यक्ष अनिता सुनार लगायत उपभोक्ता समितिका व्यक्तिहरु खटिएका छन।

चुदरी गाउँ दाम्काको दलित वस्तीमा पहिलो पटक मोटर बाटो पुर्याउने कार्य सुरु भएको प्रति नगर प्रमुख जिवलाल खरेल जीवन र वडाध्यक्ष शंकर बहादुर रायमाझीले सन्तोष व्यक्त गरेका छन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →