Clean Water Campaign

Awareness Campaign

ग्लोबल आइएमइ बैंक, प्रभास शाखाको एक दिने वित्तिय साक्षरता सम्पन्न



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: ग्लोबल आइ. एम. ई. बैंक प्रभास शाखाले वित्तिय सारक्षता तथा डिजिटल बैंकिग सम्बन्धी १ दिने कार्यक्रम तानसेन-९, दमकडामा सम्पन्न गरेको छ।

कार्यक्रममा तेज नारायण न्यौपानेले बैंकमा खाता खोल्दैमा वित्तिय सारक्षता नहुने भन्दै, बचत कसरी गर्ने, आयआर्जन कसरी वृद्घी गर्ने, कसरी लगानी गर्ने, साथै आजभोलीको प्रविधिमैत्री युगमा सही तथा सुरक्षित तरीकाले नगद रहित कारोबार कसरी गर्नेे बारेमा सहजीकरण गर्नुभएको थियो।

प्रभास शाखाका प्रमुख माधव ज्ञवालीले साक्षरताको अर्थ, आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, बचत गर्दा हुने फाइदा, समृद्ध देश निर्माणको रुपमा रहेको विप्रेषण र घरायसी बजेट निर्माणको विषयमा जानकारी दिनुभएको थियो। उहाँले कर्जाका प्रकार, कर्जाका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रिया, बैंकले ल्याएका विभिन्न सुविधा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिंग, डिम्याट, मेरो शेयर लगायत अत्याधुनिक विद्युतिय बैंकिंग सुविधाका विषयमा समेत जानकारी दिनुभएको थियो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बिर बहादुर सारुले शुभकामना दिदै, सहभागीहरुलाई आफुले सिकेका कुरालाइ व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको छ।

करीब १ सय जनाको सहभागिता रहेको कार्यक्रमको संचालन लिल बहादुर सारुले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →