Awareness

Musikot Mahotsav

गुल्मीमा साढे १७ हजार बढी बालबालिकालाई खोप लगाइँदै



टोपलाल अर्याल
११ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकाले खोप लगाउने छन् ।

Snow
Forest
Ad.

कहाँ र कहिले खोप संचालन?
गुल्मीमा दुई चरणमा दादुरा-रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पहिलो चरणमा जिल्लाको मुसिकोट नगरपालिका र इस्मा, मालिका, धुर्कोट तथा मदाने गाउँपालिकामा फागुन १६ देखि २० गतेसम्म दादुरा रुबेला खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । त्यस्तै फागुन २१ देखि २५ गतेसम्म रेसुंगा नगरपालिका र गुल्मीदरवार, छत्रकोट, रुरुक्षेत्र, सत्यवति, चन्द्रकोट र कालिगण्डकीमा खोप अभियान संचालन हुनेछ।

जिल्लाका तीन सय ३० नियमित खोप केन्द्रबाट खोप संचालन हुने जनस्वास्थ्य अधिकृत आचार्यले बताए । खोप अभियानलाई थप प्रभाकारी बनाउन स्वास्थ्य कार्यालयले बालकालिकाको संख्याको आधारमा नियमित बाहेक जिल्लाका विभिन्न स्थानमा अस्थायी? सात खोप केन्द्र थप गर्दैछ ।

एक हजार बढी जनशक्ति परिचालन
जिल्लामा खोप अभियानको लागि एक हजार बढि जनशक्ति परिचालन हुँदैछन । तीन सय ३७ स्वास्थ्यकर्मी, छ सय ७४ स्वयंसेवक र १२ जनाले ए.इ.एफ.आईको अनुगमन गर्ने चिकित्सवको टोली गरेर एक हजार २३ जना जनशक्ति परिचालन हुने आचार्यले बताए । त्यो बाहेक जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुबाट अभियानको अनुगमन तथा निरिक्षण हुनेछ ।

पुर्व तयारी के-के?
स्वास्थ्य कार्यालय गुल्मीले खोप अभियान सफल बनाउनको लागि स्वास्थ्य कार्यालयले विभिन्न तहमा अभिमुखिकरण गरेको छ । कार्यालयले पालिका र वडा खोप समन्वय समिति, पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यसंस्था प्रमुख तथा खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयसेविका, जिल्ला स्तरिय खोप समन्वय समिति, संचारकर्मी तथा सरोकारवालासंग छलफल र अन्तरक्रिया गरिसकेको छ । ब्रोसर, पम्पेलेट, ब्यानर, सामाजिक संजालसहित आगामी फागुन ११ बाट? एफएम रेडियोबाट प्रचारप्रसारलाई तिब्रता दिने स्वास्थ्य कार्यालयको योजना रहेको छ ।

किन खोप अभियान चल्याे?
गत बर्ष नेपालमा दादुराको महामारी भएको थियो । त्यो लुम्बिनी प्रदेशको बाके जिल्लाबाट सुरु भयो । लुम्बिनी प्रदेशका अर्घाखाँची, दाङ, बाँके, बर्दिया र कपिलवस्तुसहित १९ जिल्लामा दादुराको प्रकोप देखिएको थियो । अर्घाखाँचीमा ११, दाङमा ३९, बर्दिया ७२, बाँकेमा तीन सय २९ र कपिलवस्तुमा २३ जना दादुराका बिरामी फेला परेका थिए । गत बर्ष नेपालमा १३ सय ४९ जनामा दादुरा संक्रमण पुष्टि भएपछि अभियानको सुरुवात गरिएको हो।

बाँके जिल्लाबाट प्रकोप फैलिएर देशभर भएको र २०२६ सम्म दादुरा निवारण गर्न यो अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीको बरिष्ठ जनस्वास्थ्य अधिकृत पुष्पा थापाले बताइन् । थापाले २०४५ सालबाट खोप सुरु भएको र हालसम्म कुनै जटिल समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरिन् ।

Awareness by SKF

सबैले सहयोग र समन्वय गरौं: खत्री
जिल्ला स्तरिय खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले कोल्चेन व्यावस्थापनमा जोड दिँदै अभियानमा सहभागी र सहयोगी बन्न सबै पालिकाका जनप्रतिनिधी, राजनैतिक दल, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई आग्रह गरे।

यो अभियानमा जिल्लाका ठुला विकास निर्माण भइरहेका स्थलहरुमा रहेका बालकालिकाको तथ्यांक एकिन गरेर अभियानमा पुर्णतया सहमाहित गर्ने योजना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मी जिल्ला ०७१ सालमा पुर्ण खोप जिल्ला घोषणा भएको थियो । अहिले वडा, पालिका र जिल्लालाई पूर्ण खोप सुनिश्चत गरिदै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →