Salime Malika Krishi Farm

Awareness Campaign

गलकोटका गौतमको हत्या आरोपमा मुसिकोटका एक युवा पक्राउ



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

 गुल्मी: मंगलबार बागलुङको गलकोटमा मृत अवस्थामा फेला परेका युवाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गलकोट नगरपालिका वडा नं ९ वडागाउँका २४ वर्षीय नविन गौतम माघ २३ गते मध्यपहाडी लोकमार्गको नालीमा मृत अवस्थामा फेला परेका थिए ।

उनको हत्या आरोपमा गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ स्थायी घर भई हाल गलकोटको एक रेष्टुरेण्टमा काम गर्दै आईरहेका २५ वर्षीय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

मादक पदार्थ सेवन गरी एकआपसमा झगडा हुँदा जैसीलाई भिरबाट धकेलेको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । निज आरोपी महतलाई पक्राउ गरी जिल्ला अदालत बागलुङबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो