Salime Malika Krishi Farm

Awareness Campaign

रुरुमा ६३ वटा भुस्याहा कुकुरको बन्ध्याकरण



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले छाडा कुकुरको बन्ध्याकरण गरेको छ। सार्वजनिक स्थानमा रहेका छाडा कुकुरले टोकेर रेबीज संक्रमण फैलिन नदिन पालिकाले यस्तो निति अपनाएको हो।

गाँउपालिकाको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण गरेको छ । पालिकाको बलेटक्सार र रुरु स्थित बजार क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्रमा छाडा कुकुरले टोकेर कैयौं मानिसहरु घाइते हुने क्रम बढि रहेको छ । सार्वजनिक स्थानमा रहेका कुकुरको संख्या बृद्धि हुदै गएपछि रेबीजÞ रोग नियन्त्रणको लागी कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

सिंचाई
Forest
Ad.

पछिल्लो समय बजार क्षेत्रमा रहेका छाडा कुकुरले टोक्ने क्रम बढ्दै गएको छ । गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारणले रेबीज लागेर एक जना महिलाको ज्यान समेत गएको थियो ।

त्यस्तै गाई भैसीलाइ समेत कुकुरले टोक्ने क्रम बढेको थियो । बिशेश गरि जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या धेरै रहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो