Awareness

Get Vaccinated

‘पाल्पामा नेपाल भाषा साहित्यको विकास’ विषयक कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
६ महिना अगाडि


Place for ads

पाल्पा: पाल्पा साहित्य समाजद्वारा आयोजित “पाल्पामा नेपाल भाषा साहित्यको विकास” शीर्षकको अवधारणा प्रस्तुत संगै नेवारी सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न भएको छ। सम्बोधनको क्रममा प्रमुख अतिथि तानसेन नगर पालिकाका नगर प्रमुख संतोषलाल श्रेष्ठले ” पाल्पाको तानसेनमा नेवारहरूको आगमनसंगै नेपाल भाषा साहित्यको बिकास हुँदै गएको हो । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करजीले प्रस्तुत गर्नु भएको अवधारणा पत्रमा इतिहास देखि वर्तमान सम्मका धेरै कुरा संक्षेपमा आएका छन् । साहित्यको विकासका लागि नगर पालिकाले सक्दो सहयोग गर्नेनैछ।”

” पाल्पामा नेवार , मगर लगायतका वर्गहरूको आफ्नै भाषा साहित्य संस्कृति रहेको र जस्मा नेवारको साहित्य र संस्कृति अरूभन्दा अब्बल रहेको ” भनी मन्तव्यको क्रममा तानसेन नगर पालिकाको उप् प्रमुख प्रतीक्षा सिंजालीले भन्नुभयो। पाल्पा साहित्य समाजको तर्फबाट समाज अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीले अवधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्र भित्र पृष्ठभूमि , नेपाल भाषा साहित्यको शुभारम्भ,पाल्पामा नेवारहरूको आगमन,पाल्पा तानसेनमा नेवारहरूको संस्कृति , भाषा र साहित्यको विकास , पाल्पामा नेपाल भाषा साहित्यको विकासमा योगदान पुराउने स्रष्टाहरू र साराशं सहितको समापन प्रस्तुत गरिएका छन् ।

 

अवधारणा पत्रमाथि केन्द्रीत रही शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानका उपाध्यक्ष रोहित प्रसाद ज्ञवाली, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल , पासा खलका अध्यक्ष देवेन्द्रमान शाक्य , तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य , अग्रज पत्रकार मेघराज शर्मा , बौद्ध विद्वान छत्रराज शाक्यद्वारा शुभकामना व्यक्त गरिएको थियोे ।

कार्यक्रमममा कलाकार केशव बज्राचार्य , वाधवादक सुधन शाक्य र साथीहरूद्वारा नेवारीमा गीत प्रस्तुत गरिएको थियो।

पाल्पा साहित्य समाजले समय सापेक्ष रूपमा फरक फरक शैलीका साहित्यिक कार्यक्रमहरू आयोजना गर्ने क्रममा पाल्पामा नेपाल भाषा साहित्य सम्बन्धमा आयोजित कार्यक्रमको अध्यक्षता साहित्यकार राजेन्द्र गोपाल सिंह, स्वागत सल्लाहकार चित्रवलिराम सुवाल र संचालन सचिव सविता भट्टराईद्वारा गरिएको थियोे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो