Place for ads

Awareness

महेन्द्र र सिद्धबाबाको कब्जामा राष्ट्रपति रनिङ शिल्ड



टोपलाल अर्याल
३ महिना अगाडि


Place for ads

गुल्मी: रेसुङ्गा नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड महेन्द्र र सिद्धबाबा माविको कब्जामा निरन्तर पर्दै आएको छ। अहिले गुल्मीको चिदिचौर खेल मैदानमा १२ देखि १४ सम्म संचालन गरिएको रेसुङ्गा नगरपालिकाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्र नमुना माविले जितेको छ।

प्रतियोगितामा नौ स्वर्ण, तीन रजत र आठ कास्य गरेर २० पदकसहित महेन्द्र मावि प्रथम बनेको हो । रेसुङ्गा नगरपालिकाको पहिलो राष्ट्रपति रनिङ शिल्ड जित्ने पनि महेन्द्र मावि हो।

Get Vaccinated

रेसुङ्गा नगरपालिकाको दोस्रो, तेस्रो र चौथो राष्ट्रपति रनिङ जित्ने सिद्धबाबा माविलाई महेन्द्रले ब्रेक गरेको छ । लगातार तीन पटक रेसुङ्गा नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कब्जा गरेको सिद्धबाबाले आठ स्वर्ण, १० रजत र १० कास्य गरेर २८ पदकसहित द्धितिय भएको छ ।

आठ स्वर्ण, चार रजत र पाँच कास्य गरेर १७ पदकसहित रेसुंगा मावि तृतिय भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी पिताम्बर पन्थीले जानकारी दिए । प्रतियोगीतामा प्रथम महेन्द्र माविले शिल्ड, स्वर्ण पदक, नगद २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

दोस्रो सिद्धबाबा माविले ट्रफी, रजत पदक, नगद १५ हजार र प्रमाणपत्र तथा तेस्रो हुने रेसुंगा माविले ट्रफी, कास्य पदक, नगद १२ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको पन्थीले बताए । प्रतियोगीतामा विजेता विद्यालय र खेलाडीहरुलाई नगरप्रमुख खिलध्वज पन्थीले सम्मान गरेका थिए ।

पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका थिए । प्रतियोगितामा नगरपालिका भित्रका १७ मध्ये विभिन्न १४ विद्यालयको सहभागीता रहेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →