Smoking Causes Cancer

बडिगाड गाउँपालिकाको प्रशासकीय भवन मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन



सागर भण्डारी
२ वर्ष अगाडि


Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकाको नवनिर्मित प्रशाशकिय भवनको उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आईतबार भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री पाण्डेले निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बढेको उत्तरगंगा जलाशययुक्त परियोजना निर्माणका लागि प्रदेश सरकारले आवश्यक पहलकदमी अगाडी बढाएको भन्दै केही समय भित्रै आयोजना निर्माणको काम सुरु हुने बताउनुभयो । त्यस्तै उहाँले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयामा स्तरवृद्धि गर्ने कार्य समेत अगाडी बढेको बताउनुभयो । स्थानीयलाई रोजगारी र आर्थिक आयआर्जनसंग जोड्न घरेलु मदिराको ब्राण्डिङ, गाँजा खेतीलाई वैधानिकता दिने गरी नीति कार्यक्रम बनाएको स्पष्ट पार्नुभएको थियो ।

बडिगाड गाउँपालिकाले केही समय अगाडी नै नव निर्मित भवनबाट आफ्नो सेवा प्रारम्भ गरेपनि आईतबार मात्रै औपचारिक उद्घाटन गरिएको हो । वि.स.२०७७ सालबाट निर्माण सुरु भएको भवन २०८० असार मसान्तमा सम्पन्न भएको हो । भवन निर्माणका लागि स्थानीयहरुले १० रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । सघं, प्रदेश र पालिकाको झण्डै ४ करोड ४८ लाख रुपैयाँ लागतमा भवन निर्माणको काम सम्पन्न भएको हो ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जित प्रकाश आले, वन वातावरण उद्योग तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश उपसभामुख विना थापा, गण्डकी प्रदेश सभा सदस्य दोणर् कुमार कुवँर, जीत बहादुर शेरचन, दिलमाया पौवी, नेपाली कांग्रेस जिल्ला उपसभापति तारानाथ पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेल, समाजवादी जिल्ला उपसभापति वेद प्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख डोर बहादुर खत्री, घोरब्जो गाउँपालिका मुस्ताङका प्रमुख मोहन सिंह लाल चन्द, गाउँपालिका महासंघ गण्डकी प्रदेश अध्यक्ष सिता अधिकारी लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भवन उद्घाटनको अवसर पारेर गाउँपालिकाले भवन निर्माणका लागि जग्गा प्रदान गर्र्ने जग्गादाताहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षता, उपाध्यक्ष भिमसेन वनको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो