Place for ads

Awareness

गुल्मी अस्पताल स्थापनाको झण्डै ६० बर्ष पछि डायलासिस सेवा सुरु



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: ‌‌शनिबार एक समारोहलाई सम्बोधनको सुरु मै गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको भनाई थियो, ‘मेरो जीवनको सबैभन्दा खुशिको क्षण कुन हो भनेर कसैले सोध्यो भने ‌भन्नेछु। मेरो त्यो खुशिको दिन आजको दिन हो।’

मेयर पन्थीको जीवन कै खुशीको आजको दिन थियो २०८० माघ १३ शनिबारको दिन। यो दिन थियो गुल्मी जिल्ला अस्पताल स्थापनाको झण्डै ६० बर्ष पछि त्यस अस्पतालमा डायालासिस सेवा शुभारम्भ हुनु।

Get Vaccinated

किड्नीका बिरामी र उनका परिवार अनि छिमेकी सम्मलाई कति पीडा छ डायलासिस सेवा लिनका लागि। त्यस माथी पाहडी जिल्ला गुल्मीवासीका लागि त किड्नीको बिमार जीवन भन्दा मृत्युको पुकार बन्दै आई रहेको थियो।

यसर्थ पनि पन्थिका लागि मात्रै होईन माघ १३ जिल्लावासीकै लागि खुशी दिन बन्न पुगेको छ। मेयर पन्थी सहित गत स्थानीय निर्वाचित भैइ पहिलो बैठक गुल्मी अस्पतालमा हाडजोर्नी र स्त्रीरोग विशेषज्ञ डाक्टरको सेवा प्रदान गर्ने र किड्नीका बिरामीहरुलाई निशुल्क डायलासिस सेवा उपलब्ध गराउने। जुन माघ १३ मा आई पुग्दा उक्त बैठकको निर्णय कार्यन्वयनमा जादा सबै भन्दा खुशिको क्षण बन्नु स्वभाविक हो। भव्य समारोहका बिच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गरे।

कार्यक्रममा भावुक मुद्रामा मन्तव्य दिएका मेयर पन्थीले किड्नीका बिरामी र उनका परिवारले भोग्नु परेका विपद नजिकबाट मियालेको र यहाँदेखि बुटवल, चितवन, काठमाडौं सम्म गरिब परिवारले डायलासिसका लागि धाउदा र आर्थिक अभावको पीडा पनि आफुले बुझेकोले गुल्मी अस्पतालमा डायलासिस सेवा राखेरै छाड्ने आफ्नो प्रतिबद्धता रहेको र पुरा पनि गर्न सकिएको बताए।

सम्पुर्ण दलको तर्फबाट मन्तव्य राख्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले मेयर पन्थीले डायलासिस सेवा स्थापनाका लागि खेलेको भुमिका प्रति धन्यवाद दिएका थिए।

Awareness by SKF

कार्यक्रममा प्रदेश सांसदद्वय डिल्लीराज भुसाल र धनेन्द्र कार्कीले पनि मन्तव्य राख्दै रेसुङ्गा नगरपालिकाको पहल र वर्तमान मेसु डाक्टर किशोर बन्जाडेको सकृयताका कारण छिटै यस्तो सेवा संचालनमा ल्याउन सकिएको भन्दै धन्यवाद दिएका थिए। मन्त्री खनाललाई डायलासिस कक्ष अवलोकन गराउदै वरिष्ठ सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले १६ जना डायलासिस गर्ने बिरामीहरुले नाम दर्ता गराई सकेको लगायतका विषय अवगत गराउदै थिए।

काठमाडौमा तालिम लिई आएका डायलासिस सेवा प्रादायिक स्वास्थ्यकर्मीहरु सङ्ग पनि मन्त्री खनालले सोधपुछ गर्दै हुनुहुन्थ्यो। डाक्टर बन्जाडेका अनुसार डायालासिस सेवाका लागि एक जना डाक्टर स्टाण्डबाई छ्न। एक जना आउदै छ्न स्टाफ नर्स सहितका स्वास्थ्यकर्मी रहेका छ्न। हाललाई पाँच बेड छ भने भविष्यमा बढाउदै लगिने छ। जिल्लामा गुल्मी अस्पतालबाट डायलासिस सेवा लिने पहिलो सेवाग्राही तम्घास माइकास्थान निवासी देविराम खनाल र डायालासिस सेवा प्रदायक स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो। अस्पताल विकास समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बण्जाडेको स्वागत मन्तव्य र जनस्वास्थ्य निर्देश्क बोम अर्यालको संचालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →