Place for ads

Awareness

राष्ट्रिय सभामा विजयी गुल्मीकी सापकोटाको यस्तो छ राजनीतिक यात्रा



प्रेम सुनार
३ महिना अगाडि


Place for ads

गुल्मी: ‘२०३६ को जनमत संग्रह ताका गाउँमा राजनैतिक सरगर्मी बढ्दै थियो। बहुदल र निर्दलको जनमत सङ्ग्रहमा बुवा बहुदल पक्षधर भएकोले उहाँबाट प्रभावित भई बाल्यकाल देखि नै म नेपाली काङ्ग्रेसको राजनीतिमा लागेकी हुँ।’ यो भनाई हो बिहिवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित गुल्मीकी विष्णु कुमारी सापकोटाको।

सत्ता गठबन्धनका तर्फबाट निर्वाचित सापकोटाले पाँच हजार ४३५ मतभार प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी तुलसा केसीले २,८६७ मतभार प्राप्त गरेकी छन्।

Get Vaccinated

नेविसंघ गुल्मी जिल्ला सदस्य हुँदै २०५७ मा नेविसंघ केन्द्रीय सदस्य, नेपाल महिला संघ गुल्मी जिल्ला सभापति (२०६३ देखि २०७४ साल सम्म) नेविसंघको केन्द्रिय सदस्य रहेकी सापकोटा मुसिकोट नगरपालिका-७ की बासिन्दा हुन।

२०७४ को अधिवेशनमा गुल्मी पार्टी सचिव भएकी सापकोटा २०७४ को स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाबाट उपमेयरमा झिनो मतान्तरले पराजित भएकी थिइन्।

सबै दलका महिला अधिकारकर्मीहरूको साझा सङ्गठन महिला लोकतान्त्रिक सञ्जालको समेत नेतृत्व गरेकी सापकोटाले एलएलबी सम्मको अध्ययन गरेकी छन्। कोमल पनि कडा स्वभाव पनि भएकी सापकोटा महिला हिंसा विरुद्धको मुद्दामा प्रहरी प्रशासनको टेबुल ठटाएको दृश्य यहाँका थुप्रै सरोकारवाले देखेको बताउँछन। उनले केही बर्ष अघि यहाँकी एक युवतीले अस्पतालमा बच्चा जन्माईन तर ती युवतीले बताएको बाबु पत्ता लागेन।

अन्ततः बेवारिसे ती शिशु र आमालाई अस्पतालबाट डिस्चार्ज गराई तत्कालीन महिला तथा बालबालिका विकास कार्यालयको एक कोठामा राखेर आफैले डोरो बाँधेर न्वारान गराएकी थिइन। त्यस्तै आफ्नो भाइ हुँदाहुदै पनि आमाको मृत्युमा छोरा सरहको काजकिरिया गरेकी थिइन। पुरुष प्रधान सोच विरुद्धको आन्दोलनमा खरो रूपमा उत्रिदै आएकी सापकोटाले राष्ट्रिय सभामा सामाजिक मुद्दा उठाउने बताएकी छन।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →