Place for ads

Awareness

कृषि विकास बैंक, पाल्पाको सामाजिक उत्तरदायित्व अन्तर्गत शौचालय निर्माणमा सहयोग



सुमित्रा कंडेल
३ महिना अगाडि


Place for ads

पाल्पा: कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिन्टीआँपमा रहेको श्री कमलेश्वर मन्दिरलाई शौचालय निर्माणार्थ आर्थिक सहयोग हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अथिति कृषि विकास बैंक क्षेत्रिय कार्यालय लुम्बिनीका निर्देशक नारायण प्रसाद आचार्य, प्रदेश कार्यालय लुम्बिनी भैरहवाका शाखा प्रमुख नवराज गौतम, पाल्पा शाखाका प्रमुख नारायण प्रसाद आचार्य सहितले सोहि कार्यक्रमका बिचमा एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।

अहिले मन्दिर परिसरमा शौचालय निर्माण सम्पन्न भैसकेको छ। कार्यक्रममा तानसेन-९ का वडाध्यक्ष राजेश कुमार अर्यालले सहयोगी संस्था प्रति धन्यवाद दिँदै मन्दिर इतिहास र सबैको आस्थाको केन्द्र बनेको बताउदै २०३५/०३६ सालमा कृषि गर्ने कृषकलाई मदनपोखरामा साना किसान विकास आयोजना स्थापना भएपछि नेपाल सरकारले दिएको अनुदान रकमबाट किसानलाई पाइप खरिद गर्न अनुदान पाएपछि अधिकांश कृषकले व्यावसायिक कृषि थालेको विगतलाई स्मरण गर्नुभएको थियो। साना किसान हटे पछि सोहि मार्फत कृषि विकास बैंकमा मदनपोखराका सबै किसान जोडिएको बताउनुभयो। उहाँले मदनपोखराका किसानलाई कृषि विकास बैंकले व्यावसायिक कृषिमा लाग्न ठुलो लगानी गरेको बताउनुभयो। बैंक समाजको अंग भएको नाताले समाजलाई पनि सकेको योगदान दिनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको छ।

Get Vaccinated

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समय-समयमा दैवीप्रकोप, आगलागी, भूकम्प जस्ता विपत्तिमा परेकाहरुलाई आर्थिक एवं भौतिक सहयोग, वातावरण संरक्षण, प्रतिक्षालय, मठ मन्दिर निर्माण तथा मर्मत, विद्यालयलाई भौतिक सामग्री, खानेपानी व्यवस्था, सडक निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माण, वृद्धाश्रम, अनाथालय, किरियापुत्री भवन आदिमा वार्षिक रूपमा केन्द्रदेखि स्थानीय स्तरका शाखाहरु मार्फत आर्थिक सहयोग गर्दै आईरहेको छ।

यसै अवसरमा कृषि विकास बैंक पाल्पा शाखाले वित्तीय साक्षरता कार्यक्रम पनि गरेको छ। कार्यक्रमा सहजीकरण गर्दै शाखा अधिकृत अन्जना काफ्लेले साक्षरताको अर्थ, आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, बचत गर्दा हुने फाइदा, समृद्ध देश निर्माणको रुपमा रहेको विप्रेषण र घरायसी बजेट निर्माणको विषयमा जानकारी दिनुभएको थियो। उहाँले कर्जाका प्रकार, कर्जाका लागि आवश्यक पर्ने कागजात तथा प्रक्रिया, बैंकले ल्याएका विभिन्न सुविधा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिंग, डिम्याट, मेरो शेयर लगायत अत्याधुनिक विद्युतिय बैंकिंग सुविधाका विषयमा समेत जानकारी दिनुभएको थियो।

कृषि विकास बैंक पाल्पा शाखाका लेखा प्रमुख राजेश श्रेष्ठले ५७ वर्षको इतिहास बोकेको बैंकले जनताको घर दैलोमा पुगी अत्याधुनिक सेवा प्रदान गरिरहेको बताउनुभयो। स्थानीय स्तरमा लामो समयदेखि गरेको सेवाका बारेमा पनि प्रकाश पार्नुभएको थियो। कृषि विकास बैंक पाल्पा शाखाका प्रमुख नारायण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ५० जना स्थानीयको सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →