Salime Malika Krishi Farm

Awareness Campaign

रुरुक्षेत्रका सुत्केरी महिलालाई गाउँपालिकाकाे एक सुपा पाेषण सामग्री



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाउँपालिका भित्रका सुत्केरी महिलालाई एक सुपा पाेषण सामाग्री दिदैं आएको छ।

गाउँपालिकाले सुत्केरी भएको दिनदेखि १४ दिन भित्र सुत्केरी भेट्न जाने वडाको स्वास्थ्य चाैकिमा कार्यरत नर्सले पाेषण सामाग्री लिएर सुत्केरी भेट्ने गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

गाउँपालिकाले सुत्केरी महिलाकाे स्वास्थ्य परिक्षण उनको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिने नवजात शिशुको स्वास्थ्य अवस्थाकाे जानकारी लिने बृद्धअबश्थाका पुरुष र महिलाको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने लगाएतका कामहरु गर्ने गरेको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन ।

सिंचाई
Forest
Ad.

सुत्केरी भेट्न जाने नर्सले सुत्केरी महिलाको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिने परिवार याेजना बारेमा जानकारी गराउँने लगाएतका कार्यहरु गर्छन् । सुत्केरी भेट्न जाँदा नर्सले एक सुपा भरि एक क्यारेट अण्डा,फलफूल (अनार,स्याउ) दाल, हरियो तरकारी, नङकट काइयो, नुहाउने साबुन, कपडा धुने साबुन, नुन लगाएतका एक जना सुत्केरीलाई १२ सय रुपैयाँ बराबरको पाेषण सामाग्री उपलब्ध गराउँने गर्दछन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो