Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटका समाजसेवी खरेलद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख सहयोग



सागर भण्डारी
२ वर्ष अगाडि


       

Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौँणा निवासी समाजसेवी रमेशचन्द्र खरेलले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।

केन्द्रका अध्यक्ष युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महाविर पुन आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बिक्रीका लागि मुसिकोट आउनुभएको अवसरमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

श्री त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट ६ कुर्घाका पूर्व प्रधानाध्यापक समेत रहनुभएका खरेल सो रकम बराबरको चेक डा. पुनलाई हस्तान्तरण गर्नुभएको हो ।

सिंचाई
Forest
Ad.

“देशका लागि उल्लेख्य योगदान गर्दै आईरहेको आविष्कार केन्द्रलाई सहयोग गर्ने पहिले देखि सोँच बनाएको थिए खरेलले भने, ‘आज संयोगवश आफ्नै ठाउँमा आविष्कार केन्द्रका अध्यक्ष कै उपस्थिति भएको बेला सहयोग रकम हस्तान्तरण गर्न पाएँ खुसी लागेको छ।’

त्यस्तै मुसिकोट नगरपालिका वडा नं ७ निवासी तेजनारायण सापकोटाले पनि नगद १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उक्त सहयोग रकम सापकोटाले डा. पुनलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभएको हो।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो