Place for ads

Awareness

सबैभन्दा बढी फल्ने पनौतीको आलु भित्रियो गुल्मी



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: बीउ प्रयोजनका लागि सबैभन्दा बढी फल्ने काभ्रे पनौतीको आलु गुल्मी भित्र्याईएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाले आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत हिउँदेबालीका लागि ६५ क्विन्टल जनकदेव जातको बढी उत्पादन हुने आलुको बीउ भित्र्याएको हो। ५० प्रतिशत अनुदानमा वडा नम्बर ४, ९ र ११ का कृषकलाई वितरण गरिने मध्ये वडा नम्बर ९ का लागि बर्खे आलु पछि ल्याईने र हिउँदे आलु रोपणका लागि दुई वटाका लागि अहिले ६५ क्विन्टल ल्याईएको त्यस पालिका कृषि शाखाका प्राविधिक शेखर घिमिरेले जानकारी दिए।

यहि जातको आलुको बीउ गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मीले पनि झिकाएको थियो। त्यस केन्द्रबाट गत बर्ष एक क्विन्टल लगेर रोपेका वडा नम्बर ४, अर्खलेका कृषक कृष्ण पाण्डेले १२ क्विन्टल बढी उत्पादन गरेको बताए। उनले भने, ‘अहिलेसम्म सबैभन्दा बढी फल्ने आलु पनौतीको यस जातको रहेछ। गत बर्ष मैले एक क्विन्टल लगाएको थिएँ, १२/१३ क्विन्टल फलाएँ। लामै समय राखेपनि नकुहिने र स्वादिलो पनि त्यत्तिकै भएकोले बजार खोज्न पनि धेरै टाढा जान नपर्ने अवस्था छ। यसपाली ठूलो स्केलमा नगरपालिकाले बाढेकोमा हामी उत्साहित छौँ।‘

Get Vaccinated

अर्खले स्थित कृषि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद आचार्य भन्छन, ‘गत बर्ष पनौतीको यस प्रजातिको आलुको बीउ कृषि ज्ञान केन्द्रले पहिलो पटक वितरण गरेर आफुले रोपेपछि स्थानीय आलु भन्दा कयौँ परिमाणमा फलेको र अरु भन्दा स्वादिलो पनि भएकोले आफुहरु आकर्षित भई यसपाली रेसुङ्गा नगरपालिकामा लिन आएका हौँ।’

उक्त आलुको बीउ रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले कृषकहरुलाई हस्तान्तरण गर्नु भएको थियो। जबसम्म कृषकहरु उत्पादनबाट आत्मनिर्भर बन्न सक्दैनन्, तबसम्म समृद्ध नगरको कल्पना गर्न सकिन्न भन्ने सोचका साथ उत्पादनशील यस्ता अनुदानका कार्यक्रमहरु अगाडी सारिएको मेयर पन्थीले बताए।

त्यसो त गुल्मीको आलुले बुटवल र काठमाडौं सम्मको बजार पाएको छ। जिल्लाको मालिका गाउँपालिकाको रैथाने जातको आलुले ब्राण्डिङ्ग/प्याकेजिङ्ग सहित गत बर्ष देखि ती ठुला शहरहरुमा बजार पाएको हो। पनौतीको जनकवेद आलुको बीउ सबैभन्दा धेरै फल्ने, गत बर्ष एक क्विन्टलबाटै १७ क्विन्टल सम्म कृषकले फलाएको बताउदै कृषि ज्ञान केन्द्र प्रमुख नवराज भण्डारीले भन्नुभयो, ‘सबैभन्दा स्वादिलो चाहिँ मालिकाकै रैथाने आलु छ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →